कोरोनाबाट डोल्पामा एक जनाको मृत्यु

सुर्खेत । डोल्पामा कोरोना भाइरस (कोघिड–१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यू भएको हो । उनको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जम्ुलामा पीसीआर परीक्षण गर्दा रिपोट नेगेटिघ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।
उनि जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डौल्पा पुगेका थिए । डोल्पामा उनलाई गाउँपालिकाले आरडिटी परिण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम होमआइशोलेसमा बस्न भन्दै घर पठायएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए । उनी लामो सममदेखि दमको रोगले पीडित थिए ।
होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी जुम्लामा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा. तिवारीले बताए ।
सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको गाँउपालिका अध्यक्ष रोकाया बताउँछन । गाँउपालिकाका सबै नाका र गाँउ सिल गरिएको भनको भनाई छ ।










