जाजरकोट सदरमुकाममा नेपाल टेलिकमको सेवा अवरुद्ध

जाजरकोट , नेपाल टेलिकमको नमस्ते , स्काई सेवा अवरुद्ध भएको छ । कहाँ , कसरी अवरुद्ध भयो भन्ने कुरा केही खुलेको छैन । टेलिफोन सेवा अवरुद्ध भएसँगै समस्या उत्पन्न भएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाइले जानकारी दिनुभयो । गाउँ , गाउँमा रहेका क्वारेन्टाईन देखि अन्य कामको लागि फोन सेवा सम्पर्क गर्न पनि सम्पर्क हुँन सकेको छैन ।










