अब पनि डाक्टर बन्ने ?

517051420

कोरोना संक्रमणले विश्व नै त्रसित अवस्थामा छ। नेपालमा भने अर्कै रंगमञ्च देख्न पाईन्छ। विश्वमा भगवानको रुप भनि पुँजीएका चिकित्सक, नेपालमा भने आक्रमणको शिकार भएका छन्। मानिसको आक्रोश पोख्ने भाँडो अस्पताल र डाक्टर बनेका छन्।

प्रायजसो हिडडुल गर्न सक्ने बेलासम्म बिरामीलाई झारफुक र घरेलु उपचार गर्ने र थला परेर अन्तिम अवस्थामा मात्र अस्पताल ल्याउने प्रचलन नेपालमा अझै पनि छ। तर डाक्टरको लाखौं कोशिसले बाँचे भगवानले अनि मरे डाक्टरले भन्ने परम्परा नेपालमा बनिसक्यो।

उपचारको क्रममा बिरामीको मृत्यु भए डाक्टरलाई कुट्ने, अस्पताल तोडफोड गर्ने काम पनि नेपालमा सामान्य नै हुन थालिसकेको छ। बिरामीको उपचार गर्ने डाक्टर नै यहाँ सुरक्षित छैनन्। ड्युटीमा रहेका डाक्टर माथि नै खुलेआम हातपात र कुटपिट हुने गर्छ। तर यो अवस्थालाई रोक्न यहाँ न कुनै कानून छ न कुनै सजाँयको व्यवस्था छ। यस्तो अवस्थामा हामी

डाक्टर कसरी सुरक्षित हुने ?
कुनै जमाना थियो, जहाँ परिवारमा मेरो छोराछोरी डाक्टर छन् भनेर गर्वले छाती फुलाउँथे, खुशी हुन्थे। तर अहिले अवस्था परिवर्तन भएको छ। अहिले अस्पताल जाँदा घरमा बुवा आमाले भन्नुहुन्छ, ‘बाबु आफ्नो ज्यालको ख्यास गरेस् है।’

एउटा उच्च वर्गको अत्यन्त संवेदनशील पेशा यसरी कलंकित होला भन्ने कसले सोच्यो र ? लाखौं पैसा अनि करोडौको महेनतले हासिल गरेको उपनाम डाक्टर को अस्तित्व माथि किन बज्रपात रु के यही दिनको लागि हो ? होइन भने न्याय खोई, कानून खोई र पेशा मर्यादा खोई ?

सबैले बिचार गर्ने बेला आएको छ, तपाईले आफ्ना छोरा छोरीलाई सुरक्षित राख्ने कि डाक्टर पढाउने ?

डा सुवास भुषास लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत छन् ।





error: Content is protected !!