रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

रुकुम पश्चिम ः मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार तोडफोड भएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर आक्रमण गरेको हो ।

मोटरसाइकलमा आएका केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा सुरु गरेका थिए । त्यसै क्रममा २०र२५ जना युवा आएर तोडफोड गरेका हुन् । स्थानीयका घरबाट बाँसका भाटा तथा अरू विभिन्न सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरिएको थियो ।

चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले कुर्ची, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा भएको बताए । बुधबार बिहानदेखि चौकी सुनसान छ । प्रहरी डिउटीमा छैनन् । चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन् कान्तिपुरमा खवर छ।





error: Content is protected !!