डोल्पामा तीन बालबालिकाको खोलाले बगाएर निधन भएको घटनाले सांसद पहाडीद्धारा दुख व्यक्त

काठमाडौं । पूर्वमन्त्री एवं सांसद सत्या पहाडीले जेठ २० गते ठूलो भेरी नदीमा बगेर तीन बालबालिकाको मृत्यु भएको भन्दै दुःख व्यक्त गरेकी छन् ।
पहाडीले विज्ञप्ति जारी गरी मंगलबार डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर नौ मोतीपूरका १२ वर्षीया यशोदा भण्डारी, दश वर्षका विजय कठायत र ११ वर्षकी गंगा कठायतको गाई चराउन गएका बेला भेरी नदीमा बगेर मृत्यु भएको खबरले आपूm मर्माहत भएको बताएकी हुन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतात्माको चीर शान्तिको कामनाका साथै आफन्तजनमा समवेदना प्रकट गरेकी छन् ।










