आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि ज्यान गयो

सिन्धुपाल्चोक , आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ३ सुनकोशी बस्ने वर्ष ५० वर्षका ज्ञानबहादुर श्रेष्ठ सोमबार घरबाट तरकारी खेतीको लागि टनेल बनाउन भन्दै बाँसको झ्याङ्मा गएका थिए ।

बाँस काट्ने क्रममा चिप्लेर लड्न गई आफैंले बोकेको खुकुरी उनको वाँया कोखाको छेउमा रोपिएको जिल्ला प्रहरी सिन्धुपाल्चोकका डीएसपी मावधप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनका जेठो छोरा अनिल श्रेष्ठले बोलाँउदै जाँदा घाईते अवस्थामा फेलापारी गाँउका अन्य मानिसहरुलाई समेत बोलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वाह्रविसेमा ल्याएका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्र वाह्रविसेमा उपचारको क्रममा श्रेष्ठको सोमबार करिब १२ बजे मृत्यु भएको र यस घटना बारेमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताएका छन् ।





error: Content is protected !!