चौरजहारीमा घटनाको निष्पक्ष छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

रातोपाटी
काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो ।

जातीय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताइन् ।सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उजले दिइन् ।

संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । प्रदर्शनमा सहभागिहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । रुकुम घटनामा जाजरकोटका नवराज विक सहित ५ जनाको मृत्यु भएको छ । एकजना अझै वेपत्ता रहेका छन् ।





error: Content is protected !!