सल्यानका कोरोना संक्रमितलाई पश्चिम रुकुमको अस्पतालले भर्ना लिन मानेन

मीना बुढाथोकी
सल्यान ः सल्यान वनगाड कुपिण्डे नगरपालिकाका कोरोना संक्रमितलाई पश्चिम रुकुमको चौरजहारी कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि स्थानीय विद्यालयमा राखिएको छ । रुकुम जिल्लामै नयाँ कोरोना संक्रमित भेटिन सक्ने हुँदा आइसोलेसन रिजर्भ रहेको भन्दै उनीहरूलाई अस्पतालले भर्ना नलिएको हो ।

सल्यानका २५ जना कोरोना संक्रमितमध्ये १३ जनालाई अस्पतालले भर्ना नलिएपछि वनगाड–६ स्थित सुनौली माविको भवनमा राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए । उनीहरूलाई नगरपालिकाले सुर्खेत पठाउने तयारी गरेको छ । सोमबार सुर्खेत पठाइने खड्काको भनाइ छ । संक्रमित १२ जनालाई भने सल्यान अस्पतालमा राखिएको अस्पतालका प्रमुख डा। अर्जुन बुढाले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले ५० लाख बजेट दिएर सल्यान, जाजरकोट र पश्चिम रुकुमका कोरोना संक्रमित राख्न मिल्ने गरी चौरजहारी कोरोना विशेष अस्पताल बनाएको थियो ।





error: Content is protected !!