दोषीलाई उम्काउन खोजेको भन्दै चर्को विरोध

जाजरकोट ः रुकुम घटनाको निश्पक्ष छानवीनको माग गदै जाजरकोटका युवाहरुले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन् । गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज सहितका मृतकका परिवारको न्यायका लागी युवाहरु प्रर्दशनमा उत्रिएका हुन् ।

हत्यारालाई कारवाही गर, घटनाको निश्पक्ष छानवीन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई शहिद घोषणा गर लगायतका नारा लगाउँदै बजार परिक्रम गरेर विरोध गरेका हुन् । नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानिय युवा युवतीले साथ दिएका थिए । लकडाउनको प्रवाह नगरि उनीहरु न्यायको लागी प्रर्दशनमा उत्रिएको बताएका छन् ।

घटनालाई तोडमोड हुन नदिन वारम्बारको खवरदारी आवश्यक रहेका कारण विरोधमा उत्रिनु परेको बताउँदै उनले घटनाको निश्पक्ष छानवीन हुनु पर्ने, स्थानिय देखि केन्द्रिय सत्ता सम्मको प्रभाव पर्न नहुने माग गरे । घटनाको निश्पक्ष छानवीन हुनेमा पिडित परिवार संसयमा हुनु निकै दुखद कुरा हो । प्रेम सम्बन्ध र जातिय विभेदकै आधारमा भएको जघन्य अपराध हो । यो मानवता विरोधी वर्वर घटना पनि हो उनले भने ‘पीडिततले न्याय पाउनु पर्छ ।
घटनामा परि नवराज सहित पाँच जनाको ज्यान गएको छ । भेरी नगरपालिका ११ का गोविन्द्र शाही अझै हराईरहेका छन् । उनको खोजी कार्यभैरहेको छ ।





error: Content is protected !!