घाईतेको उपचारमा खेलाची

हेमन्त केसी


जाजरकोट ,  जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोती स्थित मल्ल थरीकी यूवतीलाई विहे गर्न गएका यूवाहरु माथी आक्रमण गर्दा भएको घटनामा परि घाईते भएका यूवाहरुको उपचारमा खेलाची गरिएको छ ।

उक्त घटनामा भेरी नगरपालिका –४ रानागाउँका सुदिप खड्का लगायत १२ जना घाईते भएका थिए । जेठ १० गते शनिबार जाजरकोटबाट आएका युवालाई चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।


घटनामा जाजरकोटको भेरी नगरपालिका–४, का नवराज विक, गणेश बुढा, सन्दिप (सञ्जु) विक, ११ नम्बर वडाका लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टिकाराम सुनारको मृत्यु भएको छ । भेरी नगरपालिका–११, जाजरकोटका गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदीको किनारमा भेटिएका थिए ।

घाईते मध्य सुदिप खड्काको हात र टाउँको चोट लागेको छ । हातमा हाँसियाको आक्रमण गर्दा काटिएको छ टाउँकोमा समेत समस्या भएको खड्काले बताए । टाउको बेला बेला दुखि रहन्छ ,लामो समय बोल्न सक्ने अवस्था छैन उनले भने । खड्का जस्तै अर्का सरोज भडेलको पिठ्यूमा चोट लागेको छ ।

उनकोे शरीरभर निलडाम मात्र रहेको छ । सवै मृतकको सव खोज्न तर्फ लागे हाम्रो उपचारमा कसैले ध्यान दिएन । शरीर रात दिन दुखी रहन्छ । राती सुत्दा समेत सपनाका हामीलाई लखेटेको देखिन्छ । रातभर निन्द्रा लाग्दैन भडेलले भने । हामीसँग व्यक्तिगत रुपमा उपचार गर्नका लागि पैसा पनि छैन , साथी गुमाएको पीडा त छदै छ ? घाईते सवैको आर्थिक अवस्था कम्जोर भएका मध्यमा पर्दछन् । प्रहरीले समेत तिमीहरुलाई केही भएको छैन भनेर धम्क्याउँछन हामीलाई भने पीडा सहि नसक्नु छ खड्काले बताउनुभयो । अधिकांश साथीहरुलाई भित्री चोट बढी लागेको उनीहरुको भनाई छ ।

त्यस्तै कर्णाली प्रदेशसभाका सदस्यहरुले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयबासी र प्रत्यक्षदर्शीसँगको छलफल पछि पाँच जना प्रदेशसभा सदस्याले घटना पूर्व योजनाअनुसार नै भएको निष्कर्ष निकालेका हुन् ।


घटनाको न्यायीक र निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । नेकपाकी सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताइन् । केहीको सव समेत हेरेको बताउदै नेपालीले भनिन , “भेरी नदी र किनारमा भेटिएका शव पनि पानीमा बगेको जस्तो छैन । ” प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी १७ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए ।

कामीले भने त्यसअघि पनि नवराज उक्त गाउँमा दुईपटक आएको र नवराजलाई कुटेर पठाएको पाईन्छ ।
केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढंगले कुट्दै लखेटेको पत्यक्षदर्शीले बताएको कामीले प्रदेशसभा सदस्या कामीले बताए । जथाभावी ढुङ्गा , मुडा गरेर हत्य गरेको उनको भनाई छ ।

सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरेर फर्केको थियो ।

त्यस्तै गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोलीले समेत हिजो देखि जाजरकोट र रुकुम पश्चिमको घटना स्थल , सव भेटिएको ठाउँको स्थलगत अध्ययन गरेको छ । त्यस्तै पीडित , पत्रकार , नागरिक समाजलाई भेटेको छ ।

आज मात्र कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी बसन्तकुमार पन्त नेतृत्वको टोलीले समेत घटनास्थलको स्थलगत अध्ययन गरेको छ । दुवै जिल्लाका सरकारी अधिकारीले समेत घटनाको विषयमा अध्ययन गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । वेपताको खोजी र पीडित परिवारलाई न्याय दिनको लागि भन्दै जाजरकोटमा आज दिनभरी यूवाहरुले प्रर्दशन गरेका छन् । सदरमुकाममा बिभिन्न ठाउँमा प्रर्दशन गरेका थिए ।





error: Content is protected !!