सोती घटना विरुद्ध जाजरकोटमा प्रर्दशन

रेशम खड्का
जाजरकोट ः १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका -८ सोतिगाउँमा भएको हत्याको बिरुद्ध नारावाजी गरेका छन । सामुहिक हत्या भएको भन्दै तत्काल कारबाहीको माग राख्दै जाजरकोटमा नाराबाजी सहित प्रदर्शन गरेका हुन । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेका सचेत युवा तथा विद्यार्थीले दिभर नारावाजी गरेका छन ।
मान्छे मार्न पाईदैन, हत्यारालाई कारबाही गर,बेपत्ताको खोजीगर भन्ने नारासहित सदरमुकामका विभिन्न चोकमा प्रदर्शनकारीले हातमा पेलेकाड सहित बिरोध र्याली निकालेका थिए । जातीयताकै आधारमा कसैको ज्यान जाने गरि गरिएको अपराधीक घटलाई लिएर यहाको स्थानीयले बिरोध र्याली सहित नाराबाजी सहित प्रदर्शन गरेका छन । शनिबार जिल्ला सदरमुकाम खलंगामा रहेका युवाहरूले हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग राख्दै तल्लो थाफ्ले ठाटि बजार गौरीखालि र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।
शनिबार राति जाजरकोट देखि दुलही लिन चौरजहारी पुगेका १९ जना र केटी पक्ष्य बिच झडप भएको थियो । झडप हुदा १२ जना घाइते भएका छन । यस्तै घटनामा ५ जनाएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले जानकारी दिए । भेरी नगरपालिका ११ का गोबिन्द शाही अहिले सम्म पनि बेपत्ता रहेका छन ।










