बगनासकाली चिर्तुङ्गधाराका कृषकलाई मौरीघार

सुशीला रेग्मी
रामपुर (पाल्पा), गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने उद्धेश्यले पाल्पाको बगनासकाली गाउँपालिका वडा नं १ चिर्तुङ्धारका कृषकलाई मौरीघार वितरण गरिएको छ । आर्थिक वर्ष २०७६ ÷०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीघार वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, वडा नं १ का अध्यक्ष सोम बहादुर झेंडी, वडा नं २ का अध्यक्ष टेकनाथ शर्मा, कृषि विकास शाखा प्रमुख राजेश बोहराले कृषकलाई मौरीघार वितरण गर्नुभयो । बन्दाबन्दीको पालना गरी सामाजिक दूरी कायम गर्दै ५२ वटा घार वितरण गरिएको छ ।
अब कृषि र पशुलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र वजेट निर्माण गर्ने सोचमा रहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । मौरी पालेर मह बिक्रि गरी आयस्रोत बढाउन उहाँले कृषकलाई आग्रह गर्नुभयो ।










