वनमन्त्री बस्नेत भन्नुहुन्छ ः ढुक्क हुनुहोस न्याय पाउनुहुन्छ , आज देखि उच्च स्तरिय छानविन समितिले काम थाल्यो

हेमन्त केसी
जाजरकोट ,  रुकुम पश्चिम चौरजहारी नगरपालिका –८ सोती स्थित मल्ल थरकी केटी भगाउन गएका यूवाहरु माथी भएको आक्रमणको विषयमा    छानबिन  गर्न सरकारले गठन गरेको उच्च स्तरिय समिति जाजरकोट पुगेको छ ।

शुक्रबार देखि काम थालेको उच्च स्तरिय समितिले आज मात्र पीडित पक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै उक्त छानमिन समितिले भेरी नगरपालिका –४ का सन्जु भनिने सन्जिव विकको सव स्वास्थ्य सेवा कार्यालयमा पुगेर  अध्ययन  गरेको छ । घटनाका विषयमा सदन देखि सडक सम्मा चर्को दवाव पछि सरकारले गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

दलित भएकै कारण उपल्लो जातको केटी विहे गर्न जाँदा मारिनुपर्ने अवस्थाको कहिले अन्त्य हुँने भन्दै उक्त घटना बारेमा छानविन गर्न चौतर्फी माग पछि सरकारद्धारा गठिन समितिले बिहीबार जाजरकोट आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका –४ का २१ वर्षीय नवराज विक सन्जु विक ,गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।


उच्च स्तरिय समितिले आज दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानविन गर्न भन्दै ६ बुद्धे माग ज्ञापनपत्र संयोजक बस्नेतलाई बुझाएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो । उक्त ज्ञापन पत्र बुझदै संयोजक जीतेन्द्र बस्नेतले सरकारले दिएको म्याण्डेटका आधारमा काम हुँने बताउनुभयो । उहाँले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने समेत बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तिबहादुर बस्नेतले मृतक प्रति हार्दिक श्रदान्जली व्यक्त गरेको र हराएकाहरुको खोजी कार्य निरन्तर चलिरहने सन्देश पठाएको समेत संयोजक बस्नेतले जानकारी दिनुभयो । मृतकको सव हेरेर मात्र अनुसन्धान गर्न पीडित परिवारको माग अनुसार सव हेरेर अनुसन्धान थालिएको उहाँको भनाई छ ।

आज नै उक्त टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका –८ सोतीमा जाने प्रजिअ पन्तले राससलाई जानकारी दिनुभयो । उच्च स्तरिय समितिमा गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत , एसएसपि जनक भट्राई , राष्ट्रिय अनुसन्धानको सह अनुसन्धान निर्देशक ओमबहादुर खड्का , उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी छन् । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत फेसवुक मार्फत मृतक प्रति श्रदान्जली व्यक्त गदै हराएका बाँकी १ जनाको खोजी कार्य जारी रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ , “ यहि ज्येष्ठ १० गते चौरजहारी नगरपालिका– ८ सोतीमा भएको घट्ना बाट ५ जना युवाहरु नबराज वि क, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विक को शव भेरी नदिको विभिन्न स्थानमा फेला परेको छ भने अर्काे एक जना गणेश शाहीको खोजि कार्य जारी छ। आधुनिक अनि समतामुलक समाज र मानवीय मुल्यहरुलाई समेत चुनौती दिने उक्त घट्नाले हामी सबैलाई स्तब्ध बनाएको छ । सन्तान गुमाउनु परेका परिवारको निम्ति यो अझ बढि पीडादायी क्षण हो । ”

त्यस्तै उहाँले थप्नुभएको छ , “ घटना संगै सन्तानहरुको मृत्युको पीडामा रोईरहेका परिवारहरुलाई विभिन्न माध्यमहरुमा पढिने सुनिने क्रिया , प्रतिक्रियाहरुका कारण कतै न्याय नपाईने पो हो कि भन्ने आशंकाले थप पीडाबोध भईरहेको हामिले देखिरहेका छौं। हामी विश्वास दिलाउछौं सरकार सहित सिंगो राज्य तपाईहरुको साथमा छ, हामी जनप्रतिनिधिहरु तपाईंहरुको साथमा छौं। विभिन्न राजनैतिक एबं सामाजिक संघ संस्थाहरु समेत तपाईहरुको साथमा छन्। घट्नाको जानकारीपाए लगत्तै खोजि कार्य र अनुसन्धानलाई प्रभाबकारी ढंगले बढाउन हामी जिल्लाका जनप्रतिनिध हरु समेत सरकारीसंयन्त्र र अन्य स्थानिय जनप्रतिनिधिहरु संग समन्वय गर्दै आईरहेका छौं।

जाहेरी दर्ता भएको छ, जाहेरीमा उल्लेखित ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिईरहेको छ, हराईरहेको बाकि एक जनाको खोजिमा सशस्त्र प्रहरी बलको गोताखोर टिम लगायतले खोजि कार्य गरिरहेको छ, ४ जनाको पोष्टमार्टम भइसकेको छ भने एकजनाको भोली हुदैछ।सबैबाट खबरदारीपनि भईरहेको छ। तसर्थ घट्नाको तथ्यपुर्ण छानविन हनेछ। दोषिहरुलाई जरुर कारवाही हुनेछ र तपाईं पीडित परिवारजनहरुले न्याय पाउनु हुनेछ।फेरि एकपटक मृतकहरु सबैलाई श्रद्धाञ्जली ब्यक्त गर्दछु र शोकाकुल परिवारजन सबैलाई हार्दिक समवेदना भन्न चाहान्छु । ”





error: Content is protected !!