अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु (फोटो फिचर)

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको छ ।कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज बजेट प्रस्तुत गर्नुभएको हो ।बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनका लागि सिटको व्यवस्था गरिएको छ । अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गर्नुभएको यो तेस्रो बजेट हो ।

अर्थमन्त्री डा युवराज खतिवडा बिहीबार आव २०७७÷०७८ को आयव्ययको अनुमान संघीय संसदमा प्रस्तुत गर्नुहुँदै । तस्वीर ः रत्न श्रेष्ठ÷रासस
अर्थमन्त्री डा.युवराज खतिवडा बिहीबार आव २०७७÷०७८ को आयव्ययको अनुमान प्रस्तुत गर्न नयाँ वानेश्वरस्थित संसद भवनमा । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँ संसदकक्ष प्रवेश गर्नुहुँदै । तस्वीरः प्रदीपराज वन्त÷रासस





error: Content is protected !!