माटोको ढिस्कोले पुरिदा श्रीमान् , श्रीमतीको मृत्यु

जाजरकोट , स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रम्मा मंगलबार पुरिएर नलगाड नगरपालिका – ९ तात्रका ३३ बर्षीया कुमारी सिंहको घटना स्थलमै मृत्यु भएको छ ।
मृतक कुमारीका श्रीमान् ३५ बर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लिदै गर्दा बुधबार विहान भेरी नगरपालिका १ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिनुभयो ।

सिंह दम्पती सहित खिरखिरे स्थित बालुवा निकालिरेहेका सोही गाउँका कमला सिंह ,तारा सिंह , तारा सिंह र लक्ष्मी सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा स्थित स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाई छ ।
तस्वीर ः घाईतेहरुको नलगाड नगरपालिका स्थित स्वास्थ्य ंसंस्थामा उपचार हुँदै ।










