प्रहरी वृत्त स्वयम्भूमा गोली चल्यो, असईको मृत्यु

काठमाडौं ः महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गोली चलेको छ। गोली लागेर त्यहाँ कार्यरत एकजना प्रहरी सहायक निरीक्षकले ज्यान गुमाएका छन्।

आइतवार बिहान करिब ८ बजेको समयमा ड्यूटीमा रहेका असई महेश कार्कीको टाउकोमा गोली लागेर ज्यान गएको हो। कन्चटमा गोली लागेको अवस्थामा आइतबार बिहान उनी मृत भेटिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरजबहादुर शाहीले नेपालपोष्टलाई लाई जानकारी दिनुभयो ।

दोलखा घर भएका उनको कार्यालयकै कुर्सीमा बसेको अवस्थामा गोली लागेर ज्यान गएको हो। उनको टाउकोमा गोली के कारणले कसरी लाग्यो खुलेको छैन। घटनाको प्रकृति हेर्दा आफैंले गोली हानेर आत्महत्या गरेको जस्तो देखिएको स्वयम्भु प्रहरी वृतका एकजना प्रहरी अधिकृतले जानकारी दिनुभयो ।





error: Content is protected !!