कुशेमा सडक क्रान्ति ः ग्रामिण सडक गाउँ , गाउँमा

हेमन्त केसी
जाजरकोट , कुशे गाउँपालिकाकाले ग्रामिण सडकलाई तिव्रता दिएको छ । गाउँपालिकाले अधिकांश वजेट सडक निर्माणमा लगाएर १२ वटा ग्रामीण सडक निर्माणलाई तिव्रता दिएको हो ।

गाउँपालिका स्थापना सँगै सडक निर्माण नै पहिलो प्राथमिकता रहेको यहाँ अहिले अधिकांश सडकको ट्याक ओपन समेत भएको छ । जुम्लासँग सिमाना जोडिएको कुशे गाउँपालिकामा जाजरकोट – जुम्ला सडक यही गाउँपालिका भएर जान्छ । सदरमुकाम रहेको भेरी नगरपालिकासँग समेत कुशे जोडिएको छ । उपल्लो भूभागमा हिमाल रहेको कुशे गाउँपालिका तल्लो भागमा खेती योग्य जमिन रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।
अहिले कुशेमा टापुचौर – सौरेर्नी सडक , साँदी विसौना –भार्मा सडक , तारेचौर –साधलाग्नी सडक , एक्ले खेत –थर्पू सडक , गाड समाईला – हाँनी सल्ला सडक र वडा ७ गमौरी सडकलाई निर्माण कार्य तिव्र पारिएको छ । त्यस्तै साँदी विसौना – जरगाउँ सडक , दम्दाला –बाटुल्ले कृषि सडक , डाडाँखेत – वडा ९ कार्यालय ग्रामीण सडक र डाडाखेत –वडा ९ सडक निर्माण कार्य जारी रहेका छन् । प्रदेश सरकारको सहयोगमा काफल पाटा देखि धाउनी सडक निर्माण कार्य जारी रहेको छ ।

यि सडकमा कच्ची सडक निर्माण कार्य अधिकांश निर्माण भएर यातायातका साधनहरु सञ्चालनमा आएको अधिकृत गिरीले जानकारी दिनुभयो । अधिकांश कच्ची सडक निर्माण सम्पन्न भएकोले यातायातका साधन समेत सञ्चालन आएको र अर्को वर्ष देखि सवै सडकलाई स्तरउन्नतीको काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनुभयो । सडक निर्माण कार्य जारी रहेसँगै गाउँ , गाउँमा वजारीकरणको अभ्यास समेत सुरु भएको छ ।
पाँच ठाउँमा रहेका वजारहरुमा स्तरउन्नती भएको छ । कुशे गाउँपालिका –पाँचकाटिया, बाटुल्लेचौर ,सादी विसौना , वडा १ को तारेचौर र वडा २ को टापुचौरमा कपडा खाद्य बस्तु कृषि उपजका सामग्रीहरु उत्पादन , आर्यात र निर्यात समेत हुँदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र रहेका २० वटा सानाठुला खोलाहरुमा झोलोङ्गे पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै एक ठाउँबाट अर्को ठाउँमा जानका लागि सहज भएको गाउँपालिकाले जनाएको छ । सडक निर्माणसँगै बिभिन्न नयाँ व्यवसाय गरेर आम्दानी गर्ने व्यवसायी समेत थपिएका गाउँपालिकाले जनाएको छ ।

३३ वटा नयाँ व्यवसाय गरेर आम्दानीको स्रोत बनाई अर्थ उर्पाजन गरिरेहेको अधिकृत गिरीले जानकारी दिनुभयो । सडकले छोएसँगै यहाँ उत्पादन हुँने आलु , सुन्तला ,तोरी र अलैची बजार सम्मा पुर्याउनका लागि सहज भएको छ । गाउँपालिकाको कृषि शाखाका धिरेन्द्र बस्नेतले दिएको जानकारी अनुसार २५० टनको हाराहारीमा आलु , ३०० टन सुन्तला , २५० मुरी तोरी , १ टन अलौची उत्पादन भई बजार सम्मा जाने गरेको छ ।

पाँचकाटिय ,बाटुलल्ले , टापूचौर , घरंगा र भार्मामा होटलहरु सञ्चालनमा आएका छन् । कच्चीसडक निर्माणसँगै प्रहरीलाई तोकिएको ठाउँमा पुग्न सजिलो भएको बताएको छ । सडक पहुँच भएसँगै सुरक्षित सुत्केरी हुँनेको दर समेत बढेको पाइएको छ । असुरक्षित सुत्केरी हुँने सुत्केरीको दर घटेको छ । ५ ठाउँमा रहेका स्वास्थ्य चौकीको स्तरउन्तीका साथै नयाँ ठाउँमा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको छ ।
कस्तो छ कुशे गाउँपालिका ?
समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो कुशे गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत रहेका छन् ।
महत्वपूर्ण विभिन्न प्रजातिय जडिबुटी बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा को बास स्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन भएकोले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको छ ।
गाउँपालिकामा फलफूल उत्पादनको पकेट क्षेत्रको रूपमा लिइएको छ । साविक ढिमे गाविसमा सुन्तला र आलुको व्यवसायीक खेती गरिन्छ भने साविक टालेगाँउ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिन जस्ता खनिज पर्दाथ प्रशस्त मात्रामा पाइन्छ । कूल जनसंख्या २० हजार ६ सय २१ जना रहेको छ भने यसको क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ । तस्वीर पनि छ ।










