कालीगण्डकीमा डुबेर रामपुरका दुई बालक बेपत्ता

सुशीला रेग्मी

पाल्पा ः कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर रामपुरका दुई बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका १० स्थित मलौटेघाटमा आईतवार दिउँसो पौडी खेल्न गएका सिकोडाँडाका दुई बालक बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा १० वर्षका समीर चापागाई र सुनिल भट्टराई नदीमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । आईतवार दिउँसो १ वजे नदीमा पाँच जना बालक पौडी खेल्न गएका थिए । बेपत्ताको खोजी कार्य भइरहेको वडाध्यक्ष लिलबहादुर गाहाले बताउनुभयो ।





error: Content is protected !!