कर्णाली प्रदेशले थाल्यो बाँझो जग्गामा खेती अभियान

जाजरकोट ः बाँझो जग्गामा खेती गर्ने कर्णाली प्रदेश सरकारको निर्णयसँगै बिहीबार अभियानको सुरुवात गरिएको छ । जाजरकोटको भेरी नगरपालिकाको ११ बारेला स्थित थापाचौर बाँझोजमिन ट्याक्टरले जोतेर मकै रोपिएको छ ।

कृषि विकास कार्यालयको आयोजनमा सो ठाउँमा मकै रोपिएको हो । र्कााली प्रदेशसभा सदस्य कैशिलावती खत्री मल र जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले मकै रोप्नुभएको थियो ।
त्यस्तै पश्चिम रुकुमको मुसीकोट नगरपालिका–३, धैरेनीचौरमा कृषि विकास कार्यालयको संयोजनमा मकै छरेर अभियानको थालनी गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै मान्छे घरमा आइपुगेको मौकामा बाँझो जग्गाको उपयोग गरेर उत्पादन बढाउने उद्देश्य प्रदेश सरकारले राखेको छ । हाल मकै तथा वर्षे बालीको सिजन भएकाले बाँझो जग्गाको उपयोग गर्न अनुरोध गरिएको छ ।

जाजरकोटका ७ र रुकुम पश्चिमका ६ पालिकामा बाँझो जग्गा उपयोगका लागि आवश्यक समन्वय गरेर अभियान सञ्चालन गरिनेछ । कर्णाली प्रदेश सरकारले बिहीबारदेखि नै सबै जिल्लामा यो अभियान थालेको छ । उत्पादन बढाई प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन यो अभियान थालिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

किसान, स्थानीय सरकारको सयुंक्त सहकार्यमा अब हरेक बाँझो जग्गा हरियाली बनाउने र त्यसबाट समृद्धिको अपेक्षा पनि गरिएको बताइन् । जग्गा बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔुं भन्ने नाराका साथ अभियान सुरु भएको हो ।





error: Content is protected !!