पकेट क्षेत्रको टमाटरमा रोगले सखाप

नन्दा शाही
जाजरकोट ः आम्दानीको राम्रो स्रोत भएको टमाटर खेती रोगले सखाप पारेपछि भेरी नगरपालिका –१, ४ , ११ का कृषकहरु चिन्तित भएका छन् । तरकारी विक्रीबाट भएको आम्दानीबाट दैनिक घरखर्च देखि छोरा, छोरी पढाउदै आएका यहाँका कृषकहरु निकै मारमा परेका हुँन ।

विहीबार खेतबारीमै कृषि प्राविधिक लिएर गएकी भेरी नगरपालिका –११ की कालुदेवी पुन मगरले सवै टमाटर देखाउनुभयो । फल लागेर लटरम्म फलेका टमाटर सवै जमिन भरी राताम्य भएर गलेको देखेपछि कृषि प्राविधिक समेत अनौठो मान्दै हैरान भएका थिए । कृषि प्राविधिक यज्ञ अधिकारीले भन्नुभयो , “ सुरुमा भएको भएको भए केही औषधि गर्न सकिथ्यो , अव सवै फल पाकिसकेकोले केही उपाय छैन ।”यो कुरा सुनेपछि अर्का कृषक तिले रोकाय झन चिन्ता थपिएको बताउनुभयो । उहाँले भन्नुभयो , “ भेरी नगरपालिकाको पकट क्षेत्रमा लगाएको टमाटर खेती सवै सखाप भयो , हाम्रो आम्दानीको मुख्य स्रोत वन्द भयो, अव के गर्ने ? ”

जिल्लाको सवै भन्दा बढी तरकारी उत्पादन गर्ने मटेला , ईवर र कालेगाउँमा लगाएको सवै टमाटर रोगले खेर गएपछि तीन दर्जन कृषकहरु मर्कामा परेका छन् । भेरी नगरपालिका कृषि शाखाबाट अनुदानमा वितरण भएको टमाटर बीउ पाएर राम्रो उत्पादन गर्ने उदेश्यले भएभरको मेहनत गरेका कृषकहरुको मेहनत खेर गएपछि रुनु न मर्नु जस्तै भएको अर्का कृषक कृष्णकला रोकायले बताउनुभयो ।

वर्षेनी तरकारीमा समस्य देखिएपनि यो पटक धेरै समस्य देखिएको उहाँले बताउनुभयो । कोरोना भाईरसबाट जोगिन र जोगाउनका लागि ‘ लक डाउन’ हुँदा नगरपालिकाको कृषि शाखाले औषधि खरिद गर्न नसकेको शाखाले जानकारी दिएको छ । धेरै ठाउँमा औषधिका सम्पर्क गर्दा पनि सम्भावना नभएपछि घरेलु विधि बायक अरु उपाय नभएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताउनुभयो । उहाँले थप्नुभयो , “ अव कृषकहरुले तरकारी खेती प्रर्णाली बदल्नुपर्छ । जुन अहिले टमाटरमा देखिएको रोग छ त्यो नयाँ खालको रोग हो । हामी जस्ता सामान्य प्राविधिकले यो केही गर्न सक्दैनौ । ”

भारी जमिनमा लटरम्मा फलेको टमाटर भकाभक कुहिएर झर्न थालेपछि हातमा परेको पैसा हराएको जस्तै भएको कृषकहरुले शंज्ञा दिएका दिएका छन् । टमाटर भरी कुहिएर झरेपछि सदरमुकाममा टमाटर पाउन मुस्किल भएको छ । टमाटरको प्रत्येक वोटमा टमाटर झरेर सोतर भएको छ ।

पकेट क्षेत्रका कृषक मारमा

भेरी नगरपालिकाले पकेट क्षेत्र घोषण गरेर अनुदानमा बीउ वितरण गरी कृषकलाई आत्मनिर्भर बनाउने उदेश्मा टमाटरमा देखिएको समस्यले अवरोध गरेको छ । त्यस्तै अन्य फलफूल तथा तरकारीबालीमा पनि यो रोग सरेमा थप समस्य आउने कृषकहरु बताउँछन् ।

पछि आउने समस्य हल गर्न सरोकारवाला निकाय चनोखो नहुने हो भने थप आर्थिक क्षेती हुँने आकलन कृषकहरुको छ । आप अनार , अंगुर , लिचिको उत्पादनका लागि वडा नं ३ , ४ सदरमुकाम , वडा १० स्थित भुरचौर , वडा १० को भुरचौर , फेरा , वडा १३ को कुदुलाई पकट क्षेत्र मानेर उत्पादनका काम भईरहेको छ ।

त्यस्तै कागती , सुन्तलाका लागि वडा २ को पोख्रा , रिसाङ , ३ र४ को सदरमुकाम , वडा ५ को पुम्ना , ६ को भ्यारे , वडा नं १० को नुवागाउँ पकट क्षेत्र मानिएको छ ।  तरकारीका लागि वडा नं १ को पिपे , कालेगाउँ , वडा नं २ को रिसाङ, तिलिगे , बाहुन , वडा ६ को भ्यार्रे , वडा ५ को ईवर , , वडा नं ६ को मटेला , कास्तरा , वडा नं १० को रावतगाउँ , आली , बाल्देतरा लाई विशेष क्षेत्र मानिएको छ ।

कोरोनाका कारण अन्य आर्थिक उर्पाजनको काम गर्न नपाएका कृषकहरु कृषि क्षेत्रमा पनि रोगले सताउदा समस्य भएको बताएका छन् ।





error: Content is protected !!