पर्यटन विकास र यूवालाई रोजगारी वजेटको प्राथमिकता पर्नुपर्छ सांसद पहाडी , द्धन्द्धरत पक्षलाई बार्ताको माध्यमबाट समस्य समाधान गर्न आग्रह सांसद आचार्य

प्रतिनिधिसभा सदस्य तथा पुर्व शान्तिमन्त्री सत्य पहाडीले प्रतिनिधिसभा वैठकमा बोल्दै स्वास्थ्य सेवालाई थप सुलभ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले आउदो बजेटमा कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा स्तरउन्नती , विज्ञ जनशक्तिको उपस्थिती तथा उपलव्धताको कार्यलाई मुख्य रुपमा बजेटले समेट्नु पर्ने बताउनुभयो । त्यस्तै बैदेशिक रोजागरीबाट फिर्ता भएका र बेरोजगारी जनशक्तिलाई रोजागारीको अवसर सिर्जना गर्न स्वदेशी कच्चा पदार्थमा आधारित साना र मझौला खालका उद्योग सञ्चालन गर्न आग्रह आग्रह समेत गर्नुभयो ।

रोजगारीका लागि कृषि तथा वन प्रदावारका क्षेत्रलाई ध्यान दिन समेत आग्रह गर्नुभयो । हिमाली र पहाडी जिल्लामा खाद्य सुरक्षाको अवस्था ज्ञारेन्टी गर्ने कुरालाई आउदो बजेटमा समावेश गर्न आग्रह गरिएको छ । हुम्ला सडक पुगेको छैन , डोल्पामा सडक पुर्ण रुपमा निर्माण नभएका कारण सधै यातायात चल्दैन पहाडीले भन्नुभयो ।

उहाँले कर्णाली प्रदेशका अधिकांश स्थानीय तहका केन्द्र सम्म सडक नपुगको भन्दै आउदो बजेटमा यि विषय मुख्य रुपमा राखिनु पर्ने बताउनुभयो । विकासको गतीबाट पछाडी परेका ठाउँलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि यो पटकको वजेटले प्राथमिकता पाउनु पर्छ पहाडी भन्नुभयो । सिँजा , शे फोक्सुण्डो , रारा र खप्तडलगायतका पर्यटकीय क्षेत्रहरु भौतिक पुर्वधारको अभावमा ओझेलमा परेको भन्दै त्यहाँ भौतिक पुर्वधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई विशेष महत्व दिएर अन्य जिल्लामा स्वास्थ्यकर्मी पठाउने कुरालाई वजेटले समेटनु पर्ने भन्दै उहाँले भेरी करिडोरलाई विकास र स्तरउन्नती गर्न थप ध्यान दिन आग्रह गर्नुभयो ।

सहिद परिवार घाईतेको सुरक्षाका लागि ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै अर्का राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले द्धन्द्धरत पक्षलाई बार्ताको माध्यमबाट समस्य हल गर्न र सिमा मिचिएको विषयमा अन्तराष्ट्रिय  अदालतमा जान समेत आग्रह गर्नुभयो ।





error: Content is protected !!