जुम्लामा एकै दिन ८४९ जनाको स्वाब सङ्कलन

नेत्र शाही जुम्ला
प्रतिष्ठान भन्छ दिनमा एक हजारको जाँच गर्न सक्छौँ  ,कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुँदा यहाँको जनशक्तिले अहिले तीव्र गतिमा कर्णालीभरी कोरोनाको आशङ्का भएका व्यक्तिहरुको खोजेर जाच्ने काम गरिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनशक्तिले जुम्लामा स्थानीय तहका स्वास्थ्यकर्मीहरूको सहयोगमा जिल्लाका आठवटै स्थानीय तहबाट क्वारेन्टाईममा बसेका र बहिरबाट आएकाहरूको प्रतिष्ठानले एकै दिन जुम्लाका सबै स्थानीय तहबाट आठ सय ४९ जनाको स्वाब सङ्कलन गरको छ । प्रतिष्ठानका निर्देशक डा, मंगल रावलका अनुसार जिल्लाका आठवटै स्थानीय तहबाट एकै दिन अहिले सम्मकै बढी स्वाब सङ्कलन गर्न सफल भएका हौ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले द्रुत गतिमा कारोना रोकथामका लागि स्वाब सङ्कलन जाँच प्रक्रियालाई अगाडि बढाएको हो । प्रतिष्ठानले पछिल्लो समयमा पिसिआर मेसिन ल्याएपछि जाँच प्रक्रियालाई पनि अहिले तीव्र पारेको हो । यसअघि मेसिन नहुँदा सरकारले प्रतिष्ठानको जनशक्तिको सहयोगमा तीन सय २४ जनाको एकैपटक स्वाब सङ्कलन गरेर हवाइमार्गबाट काठमाण्डौँ लगी परीक्षण गरेको थियो ।

जुम्लामा पिसिआर मेसिन आएपछि अघि एकसय जनाको स्वाबको पिसिआर जाँच गरिसकेको र सबैको नतिजा नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । अब सोमबार एकै दिन सङ्कलन गरिएका स्वाबको परीक्षण शुरु भएको छ ।

पुलिङ परीक्षण विधि शुरु
जिल्लाका सबै स्थानीय तहमा डाक्टरको टोली खटाएर स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरूको सहयोगमा जिल्ला बाहिरबाट आएका व्यक्तिहरु तथा स्वास्थ्यकर्मीकोसमेत पहिलो पटक ठूलो मात्रामा स्वाब सङ्कलन भएपछि परीक्षण प्रक्रिया पनि तीव्र बनाइएको छ । प्रदेश सरकारले कर्णालीका दश जिल्लाका २७ स्थानमा स्वाब सङ्कलन भईरहेको मध्यकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मा १० स्थानबाट आएको स्वाबको परीक्षण हुनेछ । तयारीका लागि एकैपटक धेरैको परीक्षण गर्न प्रतिष्ठानले शुरु गरेको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा। निरेश थापाका अनुसार एकै पटक धेरैको जाँच हुने विधि शुरु गरिएको छ ।

जुम्लाका मात्रै आठ सय ४९ जनाको स्वाब ल्याएर दर्ता भईसकेकाले सरकारले पनि यो विधि शुरु गर्न भनेपछि कर्णाली प्रतिष्ठानमा अब पुलिङ विधि प्रयोग गरेका छौँ । पिसिआर परीक्षण विधिमा खटिएको टिमलाई प्रत्यक्ष निर्देशन जाँच गरिरहनुभएका शिक्षाध्यक्ष डा। थपाका अनुसार दश जनाको स्वाब एकै स्थानमा राखेर गरिने विधि पुलिङ विधी हो । यद्यपि पुलिङ परीक्षण विधिबाट पनि पोजेटिभ आएमा फेरी १० जनाको भिन्नै परीक्षण गरिने छ ।





error: Content is protected !!