व्यापार कम्पनीको चामल ः ३० केजीको चामलको तौल २५ केजी मात्रै

कालीबहादुर नेपाली
जाजरकोट ः जिल्लाको बारेकोट गाउँपालिकामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नायकवाडा डिपोमा चरम कालोबजारी देखिएको छ ।
साविकको नायकवाडा गाविसको घाट डिपोमा चरण कालोबजारी देखिएको हो । जसमा ३० केजी तौल भएको अरुवा मध्यममा खालको चामलको तौल २५ केजी देखिन्छ । स्थानीयको एउटै प्रश्न यसमा कस्को मिलेमतो छ ? स्थानीय मात्रै होइन सबैको मनमा जागेको जिज्ञासा पनि हो । घाट खाद्य डिपोका कार्यालय प्रमुख जयकृष्ण चौधरीले चामलको तौल ३० केजी बाट झरेर २५ केजी भएपछि एक हप्ता अघि गाउँपालिकालाई जानकारी दिए ।
उनले भनेर मैले चामलको तौलमा गडबडी देखिएपछि गाउँपालिकालाई खबर गरेको थिए ।’ त्यसपछि गाउँपालिका बाट अध्यक्ष सहितका केही टोलीहरु अनुगमनमा आउनुभएको थियो ।’ उहाँहरुले भन्नुभयो, तौल कम भएको चामललाई छुट्टै राखेर विक्री गर्नुहोस । यसको छानविन गरौँला ।’ गाउँपालिकाले त्यसपछि फेरी अनुगमन पनि गरेन अन्य चामलमा पनि त्यस्तो समस्या देखिन्छ उनले थपे । अन्य चामलमा सबै ठिकै छ तर अरुवा मध्यममा खालको जापानीज चामलको तौलमा निकै गडबडी भएको उनको भनाई छ ।
अहिले बारेकोट गाउँपालिकाका उपभोक्ताहरुले यसमा कसको मिलमतो छ तत्काल आवश्यक अनुसन्धान गरी कारबाहीको माग समेत गरेका छन् । उपभोक्ता विष्णु रावतले भनेर्, चामलको मुल्यमा पनि कहिले गडबडी सुनिन्छ ।’ अहिले त चामल पनि बोरामै कम छ । एक बोरा बाट एक केजी चामल निकाले पनि धेरै फाइदा हुन्छ । यसमा त झन् ५ केजीको फरक छ । यसमा सबैको मिलोमतो देखिन्छ ।’
नाप तौलका सामग्री प्रयोग विहीन
घाट खाद्य डिपोमा चामल नापतौलका लागि प्रयोग गरिने सामग्री प्रयोग विहीन छन् । नापतौलका सामग्री प्रयोग नगर्दा उपभोक्ता निकै मारमा परेको स्थानीय राजेन्द्रविक्रम सिंहले जानकारी दिए । उनले भने, भएका सामग्री पनि कार्यालयका कर्मचारीका अल्छिपनले प्रयोग भएको पाइदैँन । ढक, तराजु,स्प्रिङ काँटा कहिले काँही मात्र प्रयोग गरिन्छ ।
यता कार्यालय प्रमुख जयकृष्ण चौधरीले नाप तौलका अन्य सामग्री प्रयोग नभएपनि डिजिटल काँटा प्रयोग गरिरहेको बताए । उनले भने, चामलमा तौलमा गडबडी देखिएपछि झन हामीले उपभोक्तालाई चामल तौलेरै दिने गरेका छौँ ।
चामलको तौलमा गडबडी आएको विषयमा खलंगा डिपो बाट नायकवाडा डिपो सम्म दुवानीको जिम्मा लिएका ठेकेदार मानबहादुर खड्काले बाहिर नल्याउनुहोस्, त्यही आएर के भएको छलफल गरौला भने । उनले भनेर्, म भोली बारेकोट आउँदैछु के भएको हो । उतै छलफल गरौला आज आउने समय छैन ।’ खासमा कस्ले यसमा गडबडी गरेको हो पत्ता लाग्छ ।’
जति चामल छ त्यति नै मुल्यमा विक्री गरिन्छ ः कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान खलंगा शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जति केजी चामल छ त्यहि मुल्यमा विक्री गरिने बताए । उनले भने, नायकवाडा खाद्य डिपोमा भएको चामलको गडबडीमा जति केजी चामल छ । त्यति नै मुलयमा उपभोक्तालाई दिनुहोस भनी सम्बन्धीत कार्यालयमा खबर गर्नेछु ।’ यदि कार्यालयमा पनि ३० केजी कै मुल्यमा चामल बेचेमा कार्यालय कारबाहीको भोगेदार हुनुपर्छ ।’ तत्काल छानविन गरिने समेत उनले बताए ।










