गर्भवतीको घरमा भाले , पोथी र हरियो झण्डा

हेमन्त केसी
जाजरकोट ,  गर्भवतीको घर खोज्दै वडाध्यक्ष लगाएतका स्वास्थ्यकर्मीहरु नलगाड नगरपालिकाका गाउँ , गाउँमा पुगेका छन् ।
हातमा हरियो झण्डा लिएर गर्भवती महिलाहरुको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरु गाउँ , गाउँमा हिडिरहेका हुँन् । स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गर्ने गर्भवतीलाई खोज्दै यो टिम गाउँ गाउँमा गएको हो ।


गर्भवतीलाई पोषिलो खाना र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गरेको छ ।

नगरपालिकाभित्र रहेका ४५५ गर्भवती महिलाहरुको घरमा झण्डा गाड्ने निर्णय अनुसार झण्डा गारिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराएको भएको छ ।

त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडा कुखुराको भाले, पोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराएको छ । गरीब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेको महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले जानकारी दिनुभयो ।


प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ । अर्थ अभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको अकालमै ज्यान जाने गरेको दुःखद् अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउनका लागि विशेष योजना ल्याएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी बताउनुभयो ।

उहाँका अनुसार नलगाड नगरपालिका २ डाँडागाउँ, ३ कैना, ४ लहँ, ११ चौखा र १२ भगवतीस्थित स्वास्थ्य संस्थामा अनलाइन डाटा सम्प्रेषणका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । यो कायसँगै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँनेको संख्य ह्वातै बढेको छ । भौगलिक विकटताका कारण यहाँका सवै महिलाहरु घरमै सुत्केरी हुँने क्रम बढेको र कुपोषणको समस्य देखिएपछि नगरपालिकाले यस्तो अभियान सञ्चालन गरिएको नगरप्रमुख रावलले जानकारी दिनुभयो ।

घरमा झण्डा गाड्दै अन्य सामग्री वितरणका साथै परिवारका अन्य सदस्यहरु सँग गर्भवती भएको समयमा गरिने हेरचाह अनि परिवारको साथ सहयोगका विषयमा समेत अन्तरक्रिया गरिदै आएको स्रोत व्यक्ति किरण थापाले जानकारी दिनुभयो । सुनौला हजार दिन भित्रका महिलाहरुलाई यो सुविधा दिएपछि नगरपालिकाले आफ्नो पन देखाएको नलगाड नगरपालिका –८ की गर्भवती रमिता खत्रीले बताउनुभयो । उहाँले भन्नुभया् , “ गर्भवती अवस्थामा पनि घरका आफन्तको दवावमा गर्भवती नहुँदाको अवस्था झै काम गर्न लगाउने गरिथ्यो । काम नगरे पछि मानसीक दवाव दिने गरिन्थ्यो , नगरबाट जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरु आएर सवैसँग बसेर छलफल गर्दा घरका सवैले गर्भवती अवस्थामा गरिने सुरक्षाको विषयमा थाहा पाएपछि अहिले माया पाएको छु । ”

त्यस्तै स्वास्थ्य संस्थमा सुत्केरी हुँदा चिसोका कारण स्याहारसुसारमा समस्य हुँने भन्दै हिटर वितरण गरिएको छ । स्वास्थ्य संस्थामा चिसो वा गर्मी मौसममा सुत्केरी हुने महिलाले सास्ती भोग्नुपर्ने बाध्यतालाई हल गर्नका लागि हिटर वितरण गरिएको छ । केही दिनअघि यी स्वास्थ्य संस्थामा सौर्य ऊर्जा वितरण गरिएको थियो ।

अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको स्रोत व्यक्ति थापाले जानकारी दिनुभयो । उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयमसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिएकोे छ ।

कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ । झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी रामबहादुर बटालाले भननुभयो , “गर्भवती महिला धेरै लजाउनुहुन्छ, यस अभियानले लाज हटाएर समस्या खोल्न सहयोग गर्नेछ ।”

उहाँले स्वास्थ्यसंस्था वा बर्थिङ सेन्टरमै सुत्केरी गराउने यो एउटा सशक्त अभियान भएको भन्दै सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्याङ्क बनाउन पनि सजिलो हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार ४०० र न्यानो झोलाबापत एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषण भत्ताबापत एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गनुभयो । तस्वीर पनि छ ।





error: Content is protected !!