दुई गाउँको झडप हुँदा आठ घाईते , तीन गम्भिर

डिल्लीराज विश्वकर्मा
रुकुम (पश्चिम) ः रुकुम (पश्चिम)को आठवीसकोट नगरपालिका–३, स्याँलाखदीमा दुई गाउँका नागरिकहरु बीच झडप हुँदा ८ जना घाइते भएका छन । सुन्तला पकेट क्षेत्रका लागि सिँचाई गर्ने पानी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको विषयलाई लिएर शनिबार वेलुकी झडप भएको हो ।

घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको आठविसकोट नगर अस्पतालले जनाएको छ । गम्भीर घाइते हुनेमा स्थानीयय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्धार उठेका ४६ वर्षीय गोपाल बोहरा सहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन ।

गम्भिर घाईतेहरुलाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत सिफारिस गरिएको छ । उनिहरुलाई आज बिहान पाँच बजे नगर अस्पतालमा पु¥याइएको थियो भने ९ बजे सिफारिस गरिएको हो ।

यस्तै २८ वर्षीया सुत्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका छन । यी घाइतेहरु तलिगाऊँका नागरिकहरु हुन । यस्तै माथिगाऊँका शशिराम बुढा पनि समान्य घाइते भएका छन । केही सामान्य घाइतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भैरहेको छ ।

रुकुम पश्चिममका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ठक बहादुर केसीले दुबै समूहको झडप भैरहेका बेला जनशक्ति अभावका कारण प्रहरीले तत्काल स्थिती नियन्त्रणमा लिन नसकेको स्विकार्नुभयो । वडाध्यक्ष केशरमान विक र स्थानीय अमृत बोहराको समूहबीच झडप भएको उहाँले भनाई छ ।

सामान्य विबादमा झडप भएको भएपनि दूई समूहबीच राजनीतिक विषयलाई लिएर ठुलो समस्या उत्पन्न भएको प्रहरीको भनाई छ । यी दुई समूह बीच पटक पटक विबाद हुँदै आएको छ ।

यसैबीच, हरियालीको समूहले योजनाबद्ध रुपमा माथिगाऊँका स्थानीयलाई आक्रमन गर्न खोजेपछी आफूहरु प्रतिकारमा उत्रिएको वडा अध्यक्ष विकले बताउनुभयो । तल्लो गाउँबाट उनिहरु हतियार सहित माथिल्लो गाउँमा प्रवेश गर्न थालेपछी जीवन रक्षाका लागि आफूहरु भाग्नुभन्दा प्रतिकारमा उत्रिएको उहाँको भनाई छ ।

यता, तल्लो गाउँको समूहले पनि पहिला माथिल्लो गाउँका नागरिकहरुले आफूहरु माथी आक्रमन गरेको बताएका छन । वडाध्यक्ष विक लगाएत माथिल्लो गाऊँका नागरिकहरुले आफ्नो घरमै आएर कुटपिट गरेको उनिहरुक आरोप छ ।

प्रहरी श्रोतका अनुसार वडाध्यक्ष विकको समूह भने सम्पर्क विहिन छ । उनिहरुको खोजी भैरहेको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले जानकारी दिनुभयो ।

सबै गाऊँमा खोजी गर्दा पनि फेला नपरेको उहाँको भनाई छ । अहिले घटनास्थलमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटना बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) केसीले बताउनुभयो ।





error: Content is protected !!