तीन तहले बनाए कोरोना आईसोलेशन अस्पताल

डिल्लीराज विश्वकर्मा
रुकुम पश्चिम ः कोरोना भाईरस ( कोभिड –१९) बाट जोगिन र जोगाउने कार्यका लागि रुकुम पश्चिमका तीन वटा स्थानीय तहले आफ्नै कोरोना अस्पताल देखि आईशोलेन सम्मा बनाएका छन् । जिल्लाका मुसीकोट नगरपालिका , चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकाले आफ्नै आईशोलेशन सहित उपचार कक्ष निर्माण गरेका हुँन् ।


मुसीकोट नगरपालिकाले कोरोना विशेष अस्पताल आइशोलेसन भवन निर्माणको काम शनिबार सम्पन्न भएको मुसीकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालको स्वामित्वमा रहने गरी वडा नम्बर १ सल्लेमा आइसोलेसन कक्षको भवन निर्माण गरिएको हो ।

प्रिफाई विधिवाट निर्माण गरीएको पाँच कोठाको अत्याधुनिक सुविधा सम्पन्न भवनमा ८ वटा वेड रहने नगर प्रमुख गौतमले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजरी गरी पूर्व तयारी स्वरुप आइसोेलेसन निर्माण गरिएको उहाँको भनाई छ । करिव १८ दिनमा भवन निर्माणको काम सम्पन्न भएको बताइएको छ ।

भवन निर्माणको काम सम्पन्न भएपनि आइसोलेसनमा स्वास्थ्य सामाग्री तथा उपकरणहरु व्यवस्थान गर्न बाँकी रहेको नगर प्रमुख गौतमले बताउनुभयो । आइसोलेसनमा विरामी भर्ना गर्ने सुविधा युक्त कोठा तथा जनरल वार्ड तथा स्वास्थ्य कर्मीहरुका लागि पनि छुटटै कोठा रहने छ ।

आइसोलेसनमा अक्सिजन मेसिन तातोपानीको व्यवस्था पनि गरिने नगरपालिकाले जनाएको छ । प्रत्येक कोठामा यटेज बाथरुमको सुविधा हुने बताइएको छ । आइसोलेसनमा राख्ने मनिटर, बेड, अक्सिजन लगाएतका उपकरणहर ल्याउने तयारी भैरहेको पनि नगर प्रमुख गौतमले बताउनुभएको छ ।

त्यस्तै चौरजहारी अस्पतालको स्वामित्वमा रहने गरी चौरजहारी नगरपालिका–१ मा १८ दिनमा १५ शैयाको कोरोना अस्पताल निर्माण गरिएको छ । सात कोठाको भवनमा ६ कोठामा बिरामी भर्ना गरिनेछ भने एउटा स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन् ।
कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारीमा कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेसँगै कामलार्य तिव्रता दिईएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिनुभयो ।

अस्पतालमा एकैपटक ३९ जनालाई आइसोलेसनमा राखेर उपचार गर्न सकिनेछ । अक्सिजन र नेगेटिभ प्रेसर मेसिनसहितको अस्पताल निर्माण गरिएको अस्पताल प्रशासक गिरीले बताउनुभयो । गिरीका अनुसार मेसिनले बिरामीको नकारात्मक भाइरस निकाल्न सहयोग गर्नेछ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि दोस्रो चरणमा आइसोलेसन निर्माण गरिएको छ ।

अस्पतालले यसअघि २४ शैयाको आइसोलेसन निर्माण गरेको थियो । अस्पतालका अनुसार झन्डै एक करोड रुपैयाँको लगानीमा आइसोलेसन निर्माण गरिएको हो । यसअघि शीतल माध्यमिक विद्यालयको भवनमा २० र चौरजहारी अस्पतालभित्रै ४ शैको आइसोलेसन निर्माण गरिएको प्रशासक गिरीले जानकारी दिनुभयो । अस्पतालले ३ थरीका बिरामीलाई छुट्टाछुट्टै वार्डमा राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ ।

शीतल माविको वार्डमा शंकास्पद, संक्रमण भएका, तर लक्षण नदेखिएका तथा आफैं औषधि सेवन गर्न सक्नेलाई राखिनेछ । नवनिर्मित वार्डमा स्लाइन चढाउनुपर्ने, सामान्य खालको अक्सिजन दिनुपर्ने र हिँडडुलमा समस्या हुनेलाई उपचार गरिने प्रशासक गिरीले जानकारी दिनुभयो ।

अस्पतालभित्रको वार्डमा भने गम्भीर अवस्थाका बिरामीलाई राख्ने तयारी भइरहेको छ । वार्ड चौबिसै घण्टा चिकित्सकको रेखदेखमा रहने अअस्पतालले जनाएको छ । बिरामीको अवस्था गम्भीर भए र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा मात्रै रिफर गर्ने व्यवस्था मिलाइएको छ । अस्पतालले यसअघि दुईजना शंकास्पद बिरामीको उपचार गरिसकेको जनाएको छ ।

चौरजहारीमा अर्को आइसोलेसन भवनसमेत बन्दै छ । शीतल माध्यमिक विद्यालयको प्रांगणमा ८ कोठाको भवन निर्माण अन्तिम चरणमा पुगेको चौरजहारी नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार एउटा कोठामा ४ जना बिरामी राख्न मिल्ने गरी ३२ शैयाको आइसोलेसन निर्माण भइरहेको हो ।

नगरप्रमुख शर्माले भन्नुभयो , “ फिनिसिङको काममात्र बाँकी छ । सबै ठाउँको केन्द्र भागमा रहेकाले आवश्यक पर्ला भनेर आइसोलेसन भवन निर्माण गरिरहेका हौं । ” आइसोलेसन वार्डका लागि प्रदेश सरकारले दिएको रु ५० लाख रुपैयाँ सामग्री खरिदमा खर्च भएको उहाँको भनाइ छ ।

यसअघि आठबीसकोट नगरपालिकाले १५ शैयाको कोरोना अस्पताल बनाएर सेवा प्रवाह सुरु गरिसकेको छ । नगरपालिकाको केन्द्र राडीबजारमा १० दिनमै सुविधासम्पन्न कोरोना अस्पताल निर्माण भएको छ । नगरपालिकाले स्थानीयको सहकार्यमा १२ शैयाको अस्पताल बनाएको हो ।


नगर कार्यपालिकाले गत चैत २५ गते निर्णय गरेलगत्तै अस्पतालका लागि पक्की भवन निर्माणको काम सुरु गरिएको थियो ।
अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड छन् । अस्पतालका ६ वटा कोठामा एटेच बाथरुम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ । विशेष वार्डमा एक / एक र नर्मल वार्डमा ६ बेड राखिएको केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार हरेक बेडमा अक्सिजनको व्यवस्था गरेको छ । बालबालिकालाई पनि छुट्टै उपचार गर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएकालाई विशेषमा र पुष्टि भइसकेकालाई नर्मलमा राखेर उपचार गरिने छ ।

लकडाउनकै समयमा निश्चित दूरी कायम गरी रात–दिन दुई चरणमा काम गरेर अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अस्पताल बनाउन ज्येष्ठ नागरिक र अपांगसमेतले नगद सहयोग गरेका छन् । नगरपालिकाका अनुसार स्थानीयले विभिन्न माध्यमबाट अस्पताल निर्माणमा १५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

अस्पताल निर्माणका लागि ८९ लाखको डिजाइन स्टिमेट गरिएकोमा ७५ लाखमा निर्माण सकिएको थियो । अस्पतालभित्र नर्सिङ स्टेसनसमेत छ । नगर अस्पताल परिसरमा निर्माण भएको कोरोना अस्पताललाई यसपछि सबै सरुवा रोगको उपचारमा प्रयोग गर्ने नगरपालिकाको योजना छ ।

बिरामी भर्नाका लागि अस्पताल तयार भएसँगै ३ वटा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी उपचारमा खटिनेछन् । तस्वीर समेत छ ।





error: Content is protected !!