रामपुर नगरद्धारा काठमाडौँमा कोठा भाडामा बस्नेलाई राहत वितरण गर्दै

सुशीला रेग्मी

पाल्पा ः पाल्पा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले काठमाण्डौँमा कोठा भाडामा बस्ने रामपुरका नागरिकलाई घर घरमा पुगेर राहत वितरण गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणका लागि जारी लकडाउनले कोठा भाडामा बसेका नागरिकलाई नगर प्रमुख थापाले उनीहरु बसेको घरमा पुगेर राहत वितरण गर्नुभएको हो । काठमाण्डौँमा काम गर्दै आएका नागरिक जारी लकडाउनले दैनिक साँभm बिहानको गुजारा चलाउन अप्ठ्यारोमा परेकालाई बुधवार ३१ घरपरिवारका ८५ सदस्यलाई राहत उपलब्ध गराइएको नगर प्रुख थापाले जानकारी दिनुभयो ।

“लकडाउनको समयमा काम गर्न नपाएपछि अति विपन्न, दैनिक ज्यालादारी तथा मजदुरी गरेर पेट पाल्ने नागरिक बढी मारमा परेका छन्, काठमाण्डौँमा कोठा भाडा लिएर बसेका नागरिकको खोजीतलासी गरेर उनीहरु बसेकै घर घरमा गएर राहत दिइएको छ” नगर प्रमुख थापाले भन्नुभयो ।

ठेलागाडा चलाउने, सडक छेउछाउमा मकै पोल्ने, घर तथा भवन निर्माणको क्षेत्रमा काम गर्ने लगायतका विभिन्न क्षेत्रमा कार्यरत नागरिक आफु बसेकै ठाउँमा रामपुर नगरपालिकाका नगर प्रमुखले राहत ल्याइदिएपछि खुशी भएका छन् ।

एक जना व्यक्तिलाई २५ किलो चामल, आधा लिटर खानेतेल, एक किलो दाल, आधा किलो स्वायाबिन, परिवारको दुई जना सदस्यलाई २५ किलो चामल, एक लिटर खानेतेल, दुई किलो दाल, आधा किलो स्वायाबिन वितरण गरिएको छ । त्यस्तै दुई जना भन्दा माथिका परिवारका सदस्यलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर खानेतेल, एक किलो स्यायाबिन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ ।

नगर प्रमुख थापा भन्नुहुन्छ, “रामपुरका कोही पनि नागरिक लकडाउनले काम बन्द भएपनि भोको बस्न पर्दैन, यदि कोही नागरिक नगरभित्र या बाहिर जुनसुकै ठाउँमा बसोबास गरेपनि समस्यामा पर्नुभएको छ भने सिधै हामीलाई खबर गर्नुहोस्, खाद्यान्नको जोहो गरिदिनेछौँ” ।

यसैगरी नगरपालिकाले काठमाण्डौँ लगायत विभिन्न ठाउँमा बसोबास गरेका रामपुरका नागरिक लकडाउनको समयमा घर जान चाहेमा गाडीको व्यवस्थापन गरिदिने भएको छ । घर फर्कने नागरिकहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नगरपालिकाले तय गरेको क्वारेन्टाइन कक्षमा अनिवार्य बस्नुपर्नेछ । साथै नगरपालिकाले लकडाउन सुरु हुनुभन्दा अघिल्लो दिन काठमाण्डौँमा बसोबास गरेका करिव एक सय ६० नागरिकलाई सवारी साधन व्यवस्थापन गरी निशुल्क घर सम्म पु¥याएको थियो ।

रामपुर क्षेत्रमा कार्यरत विभिन्न जिल्लाका मजदुरलाई लकडाउनको समयमा घर जान अलपत्र परेपछि गाडीको व्यवस्थापन गरेर निश्चित गन्तव्यस्थल सम्म पठाएको छ । नगरपालिकाले कुनै पनि नागरिक भोको नरहुन्, लकडाउनको नियम पूर्ण पालना गरौँ, कोरना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियान चलाएको छ ।





error: Content is protected !!