हामी त झरी चराहरु

यात्राका दिन हरुमा
बिश्वासको आकाश मा
कति वादल लागिरहने हो
हर वखत घातको घुयत्रो छल्दै
आशा बाँचिरहेको छ
छुद्रताको को छाता भित्र
लुकाउनेहरु बाट सक्कली अनुहार लुकिरहेछ
यो अशान्ति भित्रको असहज शान्ति
महत्वकांक्षा सहितको भ्रान्ति
भोंका पेटहरुले सहन्छन कति
स्वतन्त्र पखेटाहरु भिजेको यो पल
झरीले बनेको दल दल
आनि गुड बिहिन बचेरा हरु
बेजोगमा बाचिरहेका छन
देख्नु पर्नेका आखाहरुमा
स्वार्थहरु छाए पछि
आँधि बेहरी बोलाएर
हाँगाहरु भाचेर रमाईरहेछन
बार्षा बोलाएर धुनी जगाई रहेछन
हामी त हजारौं बार भिजेर सुकेकाहरु
हामी त हुरी चराहरु
भुमरीमा पनि एकताको लहर बनाएर
लक्ष को दुर क्षितिज सम्म
निरन्तर उड्न सक्छौं
हर दिन निथ्रुक्क भिजेर पनि
बिपत्ती हरुबाट
गुडहरु बचाउन सक्छौ
सत्य पहाडी ( प्रतिनिधिसभा सदस्य ) होम क्वारेन्टाईनटाईनबाट ।





error: Content is protected !!