व्यापार कम्पनीमा प्रयाप्त चामल , खरिद गरी लिन स्थानीय तहलाई आग्रह

जाजरकोट ः खाद्य व्यवस्था तथा व्यपारा कम्पनी लिमिटेडले आफूसँग प्रयाप्त चामल भएको बताएको छ । लिमिटेडले आफूसँग भएको मौजदात चालम लिएर स्थानीय सरकारले कोरेन्टाईनमा रहेका नागरिकलाई खाद्यान्न उपलव्ध गराउन आग्रह गरेको छ ।

त्यस्तै समस्य भोगिरहेका पालिका , वस्ती र गाउँमा समेत खाद्यान्न लिन सकिने जानकारी दिएको छ । खाद्य अभाव भएको जानकारी पाए लगत्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा जिल्लाका खाद्यान्न आएको र जिल्लाका अभाव भएको ठाउँमा समेत पठाएको थियो । विपत व्यवस्थापन समितिको वैठकमा जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जिल्लामा खाद्यान्न प्रयाप्त भएकाले जती पनि लिन सकिने जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार विक्री केन्द्रहरुलाई डिपोमा रुपान्तरण गर्न केन्द्रमा पत्राचार गरिएको छ । सो को खवर वनमन्त्रीलाई पनि गराएको छ । त्यस्तै थप खाद्यान्न व्यवस्थाप गर्न कम्पनीको सुर्खेत स्थित कार्यालयलाई समेत आग्रह गरिएको छ ।





error: Content is protected !!