कर्णालीमा ः ‘आरटी–पीसीआर ठुला मेसिन आउदै स्वास्थ्य राज्यमन्त्री रावत

सुर्खेत ः कम क्षमताको रियल टाइम–पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) मेसिन अभावमा स्वाबको नमुना बाहिर पठाउनुपर्ने कर्णालीको बाध्यता हट्ने भएको छ । बुधबार दुईवटा ठूलो क्षमताका मेसिन बुधबार काठमाडौँबाट सुर्खेत ल्याउन लागिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताउनुभयो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारले मेसिन खरिद गरेका हुन् । प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसँग रहेको नयाँ मेसिन र प्रतिष्ठानले अर्का सेसिन खरिद गरेर ल्याउन लागेको उहाँले बताउनुभयो । राज्यमन्त्री रावतले दुइटै मेसिन हवाई मार्गबाट  सुर्खेत ल्याउन लागिएको उहाँका स्वकीय सचिव तपेन्द्र विसीले जानकारी दिनुभयो । संघीय सरकारसँग थप अर्को एक मेसिनसमेत माग गरिएको उनको भनाइ छ ।
विदेशबाट आएका मानिसहरु बढी भएकाले कर्णालीमा प्राथमिकतामा परेको राज्यमन्त्री रावतले बताउनुभयो । ४ जना चिकित्सकहरु समेत सँगै पठाउन लागेको बताउनुभयो ।
प्रदेश सरकारले खरिद गरेको मेसिन सुर्खेतस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र प्रतिष्ठानले खरिद गरेको मेसिन जुम्लास्थित शिक्षण अस्पतालको प्रयोगशालामा राखिनेछ । दुइटै मेसिनले एकपटकमा ९६ वटा नमुना प्रोसेसिङ गर्न सक्ने मन्त्री रावतको भनाई छ । संघीय सरकारले चैत तेस्रो साता पठाएको हालको मेसिनले भने एकपटकमा एउटामात्र प्रोसेसिङ गर्न सक्छ । त्यही कारण कर्णालीमा संकलित स्वाबका नमुना काठमाडौं र धनगढी पठाउने गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब संयोजक ओम आचार्यले जनशक्ति र अन्य सामानको उपलव्धताको आधारमा नयाँ मेसिनबाट करिब ४५ वटासम्म प्रोसेसिङ गर्न सकिने बताए । अब संकलित स्वाबका नमुना बाहिर पठाउनुपर्ने अवस्था हटेको छ ।
जुम्लामा पर्याप्त जनशक्ति भए पनि मेसिन अभावमा परीक्षण हुन सकेको थिएन । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले मेसिन आएसँगै स्वाब संकलन तथा परीक्षणको लागि आवश्यक पर्ने ५ सयवटा किट पनि माग गरिएको बताए । उनका अनुसार मेसिन र प्रयोगशालामा जुम्लाका साथै कालीकोट, मुगु, हुम्ला र डोल्पाबाट संकलित स्वाब परीक्षण गरिनेछन् ।

आरटी–पीसीआर र्र यापिड डाइग्नोस्टिक टेस्ट (आरडीपी) को लागि आवश्यक उपकरण आएपछि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’ सुरु गर्ने भएको छ । सामाजिक विकासमन्त्री दल रावलले चिकित्सक र स्वास्थ्यकर्मीको संयुक्त टोली प्रत्येक स्थानीय तहमा पठाइने बताए । उक्त टोलीले कोरोनाविरुद्ध सचेतीकरण गर्नुका साथै आरडीटी र पीसीआरको लागि संभावित व्यक्तिको स्वाब संकलन गर्नेछ ।

प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले ‘मेडिकल मार्च’ को लागि ३५ जना चिकित्सकको टोली तयारी अवस्थामा रहेको बताए । मन्त्रालयले साविक कर्णाली अञ्चलका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा प्रतिष्ठानको टोली मार्चमा हिँड्ने बताए । ‘प्रदेश सरकारले सुरु गर्न लागेको मेडिकल मार्चले कर्णालीमा कोरोनाको जोखिम र अवस्था थाहा हुनेछ,’ उनले भने, ‘आरटी–पीसीआर मेसिन आएपछि त झन् सहज हुनेछ ।’





error: Content is protected !!