नेपालपोष्ट खबर
। ५ बैशाख २०७७, शुक्रबार ०८:२९ मा प्रकाशित
– कृष्णप्रसाद शर्मा
लण्डन, ५ वैशाख (रासस) :कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर हुनुभएका थापा पछि बुटबल बसाइँसराइ गर्नुभएको थियो ।
पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहनुभएका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो । अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आउनुभएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताउनुभएको छ ।
हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।