जाजरकोटमा २०३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

जाजरकोट ,जाजरकोटको बिभिन्न स्थानीय तहमा गरिएको दु्रत परीक्षणबाट २०३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
बारेकोट गाउँपालिका , जुनिचाँदे गाउँपालिकामा परीक्षणको काम सकिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनभयो । यहाँका अनुसार बारेकोट गाउँपालिकामा ५५ , भेरी नगरपालिकामा ८४, छेडागाड नगरपालिकामा ३ र जुनिचाँदे गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा सवै नेगेटिभ आएको हो ।
भारत , खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरुकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ पन्तले बताउनुभयो । यो खुसीको कुरा हो प्रजिअ पन्तले भन्नुभयो अन्य परीक्षण गर्नका लागि किट प्रदेशबाट माग्ने काम भएको छ , आउन साथ जाजरकोटमा ५सय जती स्थानीयवासीको नमुना जाँच हुँने छ ।

कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटर्ले यापिड टेष्ट किडमार्फत कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउन खोज सुरु गरेको छ र्। यापिड टेष्टमा कोरोना पोजिटिभ देखिए थप परिक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिने छ ।

परीक्षणका लागि प्रदेश सरकारले तीन सर्य यापिड टेष्ट किड पठाएको छ । सात स्थानीय तह रहेको जाजरकोटमा प्रति पालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली संकास्पद खोज्दै गाँउ पुगेका छन् ।
लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गरिएको  बताउनुभयो ।

परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइन र होम क्वारेन्टाइनमै भइरहेकोस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी किट थोरै भएकोले थप परिक्षणका लागि माग गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताउनुभयो । आरडिटी गर्र्दा यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर थप परीक्षण गरिनेछ ।





error: Content is protected !!