पाल्पामा रुखले च्यापिएर मृत्यु

—सुशीला रेग्मी

रामपुर (पाल्पा), ३ वैशाख ः तिनाउ गाउँपालिका वडा नं १ ठुलीउदान स्थित मसिना सामुदायिक जंगलमा रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको छ ।

रुख काट्ने क्रममा सोही रुखले च्यापिएर ३४ वर्षीय ओमबहादुर घर्तीको बुधवार दिउँसो ३ ः ३० वजेको समयमा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दोभान प्रहरी चौकीबाट प्रहरी नायव निरिक्षकको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षक सुरज श्रेष्ठको नेतृत्वमा टोली खटिई घनाबारे थप अनुसन्धान भइरहेको छ ।





error: Content is protected !!