खाना बोक्ने रोबोटको सफल परीक्षण


रोबोटिक एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक खाना सर्भ गर्ने रोबोट बनाएको छ।

एसोसिएसनले फुड क्याटरिङ रोबोटको सफल परीक्षण गरेको जानकारी दिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अस्पतालका बायोमेडिकल इन्जिनियरहरुको सहयोगमा सफल परीक्षण पनि सम्पन्न भएको एसोसिएसनले जानकारी दिएको छ।

यो रोबोटले कोरोना भाइरस कोभिड १९०का संक्रमित तथा स्कास्पद विरामीहरुका लागि खाना पुर्‍याउन सहयोगी भुमिका खेल्ने एसोसिएसनले जानकारी दिएको छ। किचेनबाट बेडसम्मै खाना पुर्‍याउनसक्ने बताइएको छ।

एसोसिएसनले योसँगै कोभिडसँग जुध्नका लाग कन्ट्याक्टलेस प्रविधिको विकासमा लागिपरेको जानकारी दिएको छ।





error: Content is protected !!