यी देशको सदाशयता र सहयोगको परम्परा महामारीबीच सबैले सिक्नुपर्छ ?

Famous tourist attraction – Acropolis of Lindos. Ancient architecture of Greece. Travel destinations of Rhodes island

सारा रेड

यस कोरोनाभाइरसको महामारीसँगै सज्जनता र दयाका कार्य विश्वभर देखिएका छन्, चाहे इटालीमा बार्दलीमा आएर सबैले एकै स्वरमा गाएको घटना होस् वा समुदायहरूले स्वास्थ्यकर्मीलाई ताली बजाई सम्मान गरेका कथा होऊन्। यी सबैले हाम्रो मानवीय भावना र एकता महामारीभन्दा ठूलो हो भनी देखाएको छ र यसले हामी सबैजना एकसाथ यो महामारीको त्रासबाट उम्किन सक्छौँ भन्ने अनुभूति दिन्छ।

यस लेखमा युरोप, एसिया र अफ्रिकाका विभिन्न देशका यी चार दयाभावयुक्त अवधारणालाई हामी सम्मानपूर्वक सम्झँदै छौँ। ती देशमा यस्तो सदाशयता र आपसी सहयोगको भावनाको लामो समयदेखि परम्पराकै रूपमा रहिआएको छ।

ग्रीसेली आतिथ्यताको अवधारणादेखि पर्सियाका प्रख्यात कविहरूले देखाएको दयालु भावका परम्पराले हाम्रो पृथ्वीभरि असल र राम्रो कुराको उज्यालो छर्छ, र यसले हामीलाई जीवनलाई कसरी असलता र सफलतापूर्वक अघि बढाउन सकिन्छ भन्ने सिकाउँछ।

प्रस्तुत छ, विश्वका यस्ता स्थानहरू, जसलाई दयाभाव, कृपा, आपसी सहयोग र सदाशयताका लागि चिनिन्छ–

फिलोजेनिया, ग्रीस

ग्रीसमा अतिथिलाई विशेष रूपमा सम्मान गरिन्छ, जहाँ सामान्य खानाको निमन्त्रणालाई उनीहरूको भाषामा भोजको निमन्त्रणा हुन्छ। त्यहाँ अतिथिका लागि वाइनको गिलास आतिथेयले भर्छन् र आवश्यक भएसम्म भर्छन्।

आज धेरै ठाउँमा यस्तो परम्परा पाइन्छ तर पश्चिमी सभ्यताको सुरुवात मानिने ग्रीसेलीबाट यस्तो परम्परा आएको हो।

प्राचीन ग्रीसमा अतिथि सत्कार दैवआदेश मानिन्छ, विशेषतः जियस जेयिसको जो विदेशी वा अतिथिका देवता हुन्। कोही ग्रीसेलीका घरबाहिर थाकेका व्यक्ति आए भने उसले बिना प्रश्न खाना र बास दिएर स्वागत गर्नुपर्ने हुन्छ, चाहे सो अतिथि चिनजानको होस् वा नहोस्।

यसको जवाफमा अतिथिले पनि आतिथेयप्रति सम्मान जनाउँदै आवश्यक भएसम्म मात्र बस्ने गर्नुपर्ने सामान्य चलन छ। कुनै पनि पक्षले आफ्नो यो कर्तव्यबाट चुकेमा देवता जियस जेनियस रिसाउने मान्यता छ।

ग्रीसेली भाषामा ‘फिलोजेनिया’को अवधारणाले अतिथि सत्कारलाई जनाउँछ। यसका उदाहरण प्रसिद्ध प्राचीन ग्रीसेली कवि होमरका कृतिमा प्रशस्तै पाइन्छ।

अतिथि सत्कारमा उदार हुने यो परम्परालाई आजसम्म पनि ग्रीसेलीहरूले दयामायासहित जीवन्त राखेका छन्। सामान्य रूपमा अपिरिचतका अगाडि पनि मधुरो मुस्कान दिनेदेखि लिएर बाटो हराएका व्यक्तिहरूलाई बाटो भन्ने मात्र नभई गन्तव्यसम्म पु¥याइदिने संस्कृति अद्यापि त्यहाँ छ।

तारुफ, इरान

इरानको उत्तरपूर्वमा पर्ने मशाद क्षेत्रमा प्रत्येक वर्ष जनवरीसम्म हिउँ जम्मा भइरहन्छ, डिसेम्बरको महिना इरानको यो दोस्रो ठूलो सहर पूरै हिउँले ढाकेको हुन्छ।

सहरको ठूलो घरविहीन जनसङ्ख्याका लागि सन् २०१५ को डिसेम्बर महिनामा एक अज्ञात व्यक्तिले ठूलो पर्खाल पेन्ट गरे र त्यहाँ ह्यांगर झुण्ड्याए। त्यसको सँगै अरबी भाषामा सन्देश थियो, ‘यदि तपाईँलाई चाहिँदैन भने यहाँ छोड्नुहोस्। यदि चाहिन्छ भने लिनुहोस्।’

मशादवासीले यो आह्वानलाई मज्जाले स्वीकारे, न्यानो लुगाहरू त्यहाँ दान गरेर। यो ‘दयाको पर्खाल’ चाँडै नै सामाजिक सञ्जालमा हिट भयो र इरानभर तथा बाहिर फैलियो।

त्यस्तै, पैसा तिरेर खान नसक्नेहरूका लागि केही बास्केट पाउरोटी बेकरीले दिन थाले, अनि सडकका किनारमा गितार बजाउँदै गीत गाउनेहरूले ‘जसलाई चाहिन्छ पैसा टिप्नुहोस्’ भन्ने सन्देश आफ्नो अगाडि राखे।

तेहरानका फास्टफुड पसलहरूले आफ्ना ग्राहकले भोकाएकालाई खुवाउन अर्डर दिने सूचनापाटी राखे। यस्तै काम एक दशकअघि इटालीको क्याफे सोस्पेसोमा तिर्न नसक्नेका लागि कफी किनिदिने व्यवस्था गरेको थियो।

यसरी दानधर्म गर्नु इस्लामको महत्त्वपूर्ण परम्परा हो, तर ‘दयाको पर्खाल’को अवधारणा भने फारसी संस्कृतिमा आधारित थियो। फारसीहरू रुमीजस्ता प्राचीन कविलाई मान्छन्, जो दया र करुणा राख्न सिकाउँछन्।

उनीहरूको यस्तो सदाशयताको परम्परा तारुफमा पनि आउँछ, जसको अर्थ हुन्छद्द फारसी सदाचारको कला। यसअन्तर्गत प्रत्येक कुराकानीमा मृदुभाषी हुनु र सम्मान दिनु अत्यावश्यक मानिन्छ।

कोरोनाभाइरसको महामारीले इरानमा धेरै असर गरे पनि त्यहाँ अपरिचितका लागि यस्तो सदाशयता अझै पनि कायम छ।

उबुन्टु, दक्षिण अफ्रिका

यो ‘उबुन्टु’ शब्द अफ्रिकाका सुरुकामध्येको ङुनी भाषाबाट आएको हो, तर १९ औँ शताब्दीको मध्यसम्ममा यो शब्द लेखिएको थिएन। दक्षिण अफ्रिकामा रङ्गभेदी शासनबाट प्रजातन्त्रतर्फ जाँदै गर्दा यो शब्दले बढी महत्त्व पाएको हो।

वर्षौँयता यस ‘उबुन्टु’ शब्दको अर्थ धेरै फरक भइसकेको छ। ङुनी भाषाको उखान ‘उमुन्टु ङुमुन्टु ङाबान्टु’ ९अर्थात् कुनै पनि व्यक्ति अन्य व्यक्तिका कारण व्यक्ति हुन्०ले यस विचारलाई जनाउँछ।

‘उबुन्टु’को अवधारणाअनुसार कुनै पनि समूहको साझा सम्बन्ध त्यसको भेदभन्दा बढी महत्त्वपूर्ण हुन्छ। नेल्सन मण्डेलाले एकपटक भनेका थिए, उबुन्टु भनेको ‘हामी मानवताले गर्दा मानव हौँ भन्ने तथा अर्काको परिश्रम र सफलताले गर्दा नै हामी उत्तिकै सफल हुन सक्छौँ भन्ने गम्भीर बुझाइ’ हो।

दक्षिण अफ्रिकामा यो भावना फरक सांस्कृतिक पृष्ठभूमिका व्यक्तिप्रति दर्शाइने दयाभावमा अझै पनि पाइन्छ।

दक्षिण अफ्रिकाका पूर्व प्रमुख पादरी डेस्मोन्ड टुटुले सन् १९९० को मध्यतिर सत्य तथा मेलमिलाप आयोगको नेतृत्व गर्दा यो अवधारणालाई प्रयोगमा ल्याएका थिए। यससँगै उनले क्रिस्चियन धर्मअनुसार माफी, मेलमिलाप र शान्तिपूर्ण सहअस्तित्वको अवधारणालाई पनि जोडेका थिए।

सन् २०२० मा टुटुले एकपटक भनेका थए, ‘उबुन्टुले हामी मानवका रूपमा एक्लै बाँच्न सक्दैनौँ भन्ने तथ्यलाई जनाउँछ। यसले हाम्रो अन्तरसम्बन्धबारे बताउँछ। तपाईँ आफै मात्र मानव बन्न सक्नुहुन्न, तपाईँमा उबुन्टुको प्रवृत्ति भयो भने तपाईँ सदाशयताका लागि मानव रूपमा चिनिनुहुन्छ।’

ओमोटेनाशी, जापान

विश्वको सबैभन्दा मृदुभाषी देश भनिन्छ जापानलाई, यहाँको स्वार्थहीन आतिथ्य ओमोटेनाशी परम्पराका कारण हो। यसको शाब्दिक अर्थ हुन्छ, सेवाको भावना।

यो भावना जापानी संस्कृतिको शताब्दीयौँ पुरानो सादो चलन ९चिया समारोह०मा आधारित छ। यहाँ आतिथेयले आफ्ना अतिथिको माग पूरा भए÷नभएको हेर्नुपर्छ र त्यसबापत् केही पनि अपेक्षा गरिँदैन।

अतिथिले आफ्नो आतिथेयको प्रयासको सम्मान गर्दै उस्तै आदर–सम्मान गर्नुपर्ने हुन्छ। यसरी दुवै पक्ष मिलेर सम्मान र प्रतिष्ठाको माहौल बनाउँछन्।

यस सादो समारोहले जापानको ओमोटेनाशी संस्कारलाई स्पष्ट जनाउँछ र यो संस्कार जापानको जीवनशैलीमा बुनिएको छ। कुनै पनि पसल वा रेस्टुराँका कर्मचारीले तपाईँलाई छिर्नेबित्तिकै मायाका साथ इराशाइमासे ९स्वागत० गर्छन्, शिन्कान्सेन ट्रेनका सफाइ कर्मचारी यात्रुलाई झुकेर स्वागत गर्छन् र ट्याक्सी ड्राइभर यात्रुका लागि ढोका खोल्दिन्छन्। अझ आफ्नो समूहभन्दा बाहिर विशेषतः विदेशीहरूका लागि झन् धेरै सम्मान प्रकट गरिन्छ।

तर ओमोटेनाशी मात्र जापानी सदाशयताको उदाहरण होइन। सेन्बेट्सुको चलन पनि जापानीमा छ– कोही बिदामा जाँदा वा काम छोड्दा उपहार दिने चलन प्राचीन कालदेखि छ। प्राचीन कालमा धार्मिक यात्रामा जानेहरूलाई बाटोमा सहज हुने किसिमको उपहार दिने चलन थियो।

बिबिसी ट्राभलका लागि सारा रेडको लेखको भावानुवाद





error: Content is protected !!