यसरी भाई जुटे के हुँदैन र ?

हेमन्त केसी
जाजरकोट , भेरी नगरपालिका –१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताईरहेको थियो ।

कामीको घरमा भएको अन्न तीन दिन अघि सकिए पछि उहाँले छिमेकीसँग पैचो मागेर गुजारा चलाईरहनुभएको थियो । अव कसरी बाँकी छाक टार्ने चिन्ताले राती निन्द्रा सम्म नलागेको बताउने कामीको घरमा आईतबार दिउँसो ३० केजीको चामल , तेल र दाल लिएर स्थानीय सहदेव बस्नेत ,वडा अध्यक्ष दीपक राना पुग्नुभयो ।

सुरुमा हेर्दा सपना जस्तो लागेपनि कामीलाई स्थानीय वुदिजिवी र वडा अध्यक्षको सो काम देखेर धन्यावाद मात्र दिनुभएन , वैकुण्ठमा वास होस भन्दै जय जय कार समेत गर्नुभयो । उहाँले भन्नुभयो , “ अव बेलुकी देखि पैचो लिएको पनि तिर्छु , एक महिना ढुक्क सँग खाना पाईने भयो । ” त्यस्तै खहरेखोलाकी सुसिला सुनारले पनि ३० केजीको चामल पाएपछि खुसी हुँनुभयो । दैनिक मजदुरी गरेर छाक टार्ने सुसिलाका परिवारले ‘लक डाउन’ भएको कारण मजदुरी गर्न पाएको थिएन ।

मजदुरी नगरे खाद्यान्न जुटाउन रकम अभाव हुँदा समस्यमा परेको उहाँको परिवारले पनि चामल , तेल र दाल पाएको छ । उहाँहरु जस्तै ५० परिवारले खाद्यान्न , तेल र दाल पाएका छन् । स्थानीय वुदिजिवी , वडा अध्यक्ष र नागरिक समाजका अगुवाहरुले रकम जुटाएर यहाँका बिपन्न स्थानीयवासलिाई दैनिक छाक टार्न खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

नगर सरकारसँग कुनै पनि माग नराखी वडा १ का आर्थिक अवस्था बलियो भएका स्थानीयवासीले कम्जोर अवस्था भएकालाई सहयोग गरेका हुन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको वडा समेत रहेको यो वडाका स्थानीयले समस्य पर्दा अरुलाई समेटेर भाईचारको सम्वन्ध मजवुत बनाएर लैजानु पर्छ भन्ने सन्देश दिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । मिले संसार जित्न सकिन्छ भन्ने सन्देश समेत दिएका छन् ।





error: Content is protected !!