भिरबाट लडेर युवाको मृत्यु

जाजरकोट ः बारेकोट गाउपालिका ६ का २२ वर्षीय ईश्वर चलाउनेमा शुक्रबार दिउँसो बाख्रा चराउदै गर्दा भिरबाट लडेर मृत्यु भएको छ ।
स्थानीयवासी लोकेन्द्र विकका अनुसार ईश्वरको इग्रीदारा भीरबाट करिब १ किलो मिटर तल खोचमा खसेर मृत्यु थियो । कक्षा, १२ पास गरेका ईश्वरले १ बर्ष पहिलेमात्र विवाह गरेका थिए ।
यस्ता भिरालो ठाउँमा बर्षेनी बाख्रा चराउने र घाँसदाउरा गर्न जाने स्थानीयले लडेर ज्यान गुमाउने गरेका छन् ।








