गर्भवतीको हेलिकोप्टरबाट उद्धार

नन्दा शाही
डोल्पा ः सुत्केरी हुँन नसकेर समस्यमा परेकी त्रिपुरासुन्दरी नगरपालिका – ४ डोल्पाकी पन्चरुपा धरलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
उहाँको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत डोल्पा बाट सुर्खेत लिइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।त्रिपुरासुन्दरी नगरपालिकाबाट डोल्पा सवास्थ्य सेवा कार्यालय दुनैमा लिन निकै ढिला भएकोले पेटभित्रको बच्चाको निधन भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।
प्रदेश अस्पतालमा निकालिएको प्रजिअ सुनारले बताउनुभयो । आमालाई आईसियूमा राखिएको उहाँले बताउनुभयो । शुक्रबार स्वास्थ्य सेवा कार्यालय दुनैमा पुर्याएको भएपनि बच्चा घरको घरमै मृत्यु भईसकेको उहाँले बताउनुभयो ।
दुनैमा सुरक्षित रुपमा धरालाको उपचार हुँन नसकेपछि सुर्खेत पठाएको हो ।








