निर्धक्क भएर काम गर्नुहोस सरकार साथमा छ स्वास्थ्य राज्यमन्त्री रावत

नन्दा शाही
जाजरकोट ः कोरोना विरुद्धको लडाईमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गर्नुभएको छ ।
आज जाजरकोट सदरमुकाममा स्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्नुहुँदै मन्त्री रावतले यस्तो कुरा बताउनुभएको हो । कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयकाहरुको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाहीको निरीक्षण गदै अहिले भएको कामको प्रसंसा गदै अझ यो कार्यलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नुभयो ।
मन्त्री रावतले भन्नुभयो , “ स्वास्थ्यकर्मी ,पत्रकार , सुरक्षाकर्मी र जनप्रतिनिधिहरु अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो संकटको घडीमा जोगिन र जोगाउन सम्वेदनशिल बन्नुपर्ने पर्छ ।” जिल्लामा निर्माण भएका क्वारेन्टाईन , आईसोलेशनको निरक्षण , भ्रमण गरी थप सामग्री केही दिनमा पठाउने समेत बताउनुभयो । केही स्वास्थ्य सामग्रीहरु स्वास्थ्य सेवा कार्यालयमा मन्त्री रावतले हस्तान्तरण गर्नुभएको छ ।
त्यस्तै कार्यक्रममा जाजरकोटमा ५० शैयाको अस्पताललाई कोरोना विरुद्धको लागि स्तरउन्तती नगरी रुकुम पश्चिमको निजी अस्पताललाई रकम दिनु गलत भएको सहभागीले धारणा राखेका थिए । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले छिटो , भन्दा छिटो सवै सामग्री पठाउनुपर्ने बताउनुभयो ।

उहाँले हतियार विना स्वास्थ्यकर्मीलाई खटाउदा निकै पीडा भएको बताउनुभयो । वनमन्त्री शक्तिबहादुर बस्नेतले निजी रुपमा स्वास्थ्य सामग्री नपठाएको भए जाजरकोटमा विजोगै हुँने अवस्था आएको नगरप्रमुख घर्तीले बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेनले अस्पतालको स्तरउन्ततीका साथै उपकरणमा सहयोग गरी ५० शैयाको जस्तै सेवा दिन पाउने बातावरण तयार गर्न आग्रह गर्नुभयो ।





error: Content is protected !!