कोरोनाका त्रासले सरसफाई प्रति जाग्यो जागरण

नन्दा शाही
जाजरकोट ः हात , खुट्टा नधोएर खाना खाने र घर भित्र जाने व्यवहार पुर्ण रुपमा बन्द भएको छ । कोरोनाको भाईरसका त्रासका कारण अहिले सवै ठाउँमा सरसफाई कार्य पहिलो काम हुँदै आएको छ ।

ठुलिभेरी नगरपालिका डोल्पाकी सूचना अधिकारी दिलु केसी दैनिक जनताको घर दैलोमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “केही हुन्न , हात नधोए के हुन्छ ? केही चलाएको छैन भनि हात धुन पन्छिनेहरु आज ,भोली बाहिरबाट आउन वितिकै हात धुन धारामा गईहाल्छन् ”

कोरोना भाइरसबाट जोगिन र जोगाउन (कोभिड –१९) गाउँ , गाउँमा नगरपालिका र प्रहरीको सक्रियामा जनचेतना फैलाएसँगै डोल्पाका अधिकांश स्थानीयवासी हात हुने कार्य अनुशासनमा बाधिएको समेत उहाँको भनाई छ । खानेकुरा पाउन साथ हात नधोई हात्त , पत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोही खाएमा छुन तथा नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दवाव समेत पर्दै गएको छ ।

डोल्पा मात्र होईन , जाजरकोटका गाउँ , गाउँमा पानीको अभाव देखाएर हात , खुट्टा सावुन पानीले सफा गर्न हिचकिचावट मान्नेहरु आज भोली सफा गरेर मात्र घर भित्र आउने बाँनीको विकास समेत भएको जाजरकोट नलगाड नगरपालिका –९ का तुले कामीले बताउनुभयो । उहाँले भन्नुभयो , “ हात , खुट्टा नधोही घर भित्र आए साना छोरा, छोरीले कोरोना लाग्छ भनेर रोई ,कराई गरेर नजिक समेत आउदैन्न , त्यसैले गर्दा पनि सरससफाई अनिवार्य जस्तै भएको छ ।

जाजरकोट , डोल्पा र रुकुम पश्चिमका सवै ठाउँमा सरसफाई प्रति जागरण पैदा मात्र होईन , नैतिक दवाव समेत परेको छ । गाउँ , गाउँमा प्रहरी र स्थानीय सरकारकाको कोरोना विरोधी गतिविधि चर्को रुपमा प्रस्तुत गरेको देखिन्छ । कोरोनाबाट जोगिन र जोगाउनका लागि आफुले आफ्नै लागि जीवनरुपी व्यवहार परिवर्तनका कुराले सर्व स्थानीयवासीलाई पटक , पटक झस्काउने गरेको छ ।

सवै उमेर समुहका सर्वसाधारणहरु कोरोनाबाट जोगिन रेडियो , टिभि , अनलाईनमा आएका समाचारहरु प्राथमिकतामा पदै आएका छन् । गाउँ घरमा नयाँ मान्छेहरु आउन साथ सोधिखोजीको विषय समेत बन्दै आएको छ ।

जाजरकोट – डोल्पा सडक खण्डको बिभिन्न ठाउँमा रहेका पुलहरु बन्द गरिएका छन् । पुलमा काठहरु राखेर बाटो बन्द गरिनुका साथै नेपाल प्रहरीले पुलमा बसेर कसैलाई आउन र जान समेत नदिईएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । दैनिक काम गरेर विहान , बेलुकीको छाक टार्नेहरुलाई स्थानीय तहहरुले खाद्यान्न वितरणको काम समेत सुरु गरेका छन् ।

नलगाड नगरपालिकाले– ८ बाट गरिव घरधुरीलाई खाद्यान्न दिन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । सवै ठाउँबाट लागत संलनको काम अन्तिम चरणमा पुगेका कारण सवै ठाउँमा खाद्यान्न वितरणको काम सुरु भईसकेका उहाँको भनाई छ । सरसफाई प्रति ध्यान तान्न सवै ठाउँमा सावुन र मास्क वितरणको काम सम्पन्न भईसकेको सिंहले जानकारी दिनुभयो ।

स्थानीय सरकारका आक्रामक गतिविधि
जाजरकोट , रुकुम पश्चिम र डोल्पाका स्थानीय तहको कोरोनाबाट जोगिन आक्रामक कार्यक्रम गदै आएका छन् ।
जनचेतना जगाउने सवै भन्दा पहिलो तहमा प्रहरी , जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीहरु रहेका छन् । स्थानीय सरकारले घर , घरमा गएर मास्क वितरण देखि सावुन उपलव्ध गराउदै व्यवहार परिवर्तन गरी ‘लक डाउन’लाई सघाउन आग्रह गरिरहेका छन् ।

प्रत्येक घर बाहिर ड्रममा पानी राखेर हात धुनु सर्वसाधारणहरुको पहिलो काम हुँदै आएको छ । सवै स्थानीय तहले वडा स्तरमा विपत प्रतिकार्य समुह गठन गरेका कारण निगरानी बढाउन सजिलो भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले राससलाई जानकारी दिनुभयो । गाउँमा विकास निर्माणको काम ठप्प भएका छन् । सवै गाउँ , ठाउँ कोरोना विरोधी सन्देश मय भएका छन ।

एनजिओ, आईएनजिओको गतिविधि सुनसान

अन्य समयमा निकै सक्रिया भएर काम गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजानिक गर्ने एनजिओ, आईएनजिओको गतिविधि सुनसान भएको पाइएको छ ।

स्थानीय सरकारसँग मिलेर गतिविधि गर्नुपर्ने भएपनि गतिविधि शुन्य देखिएको हो । स्थानीय सरकारसँग मिलेर सर्वसाधारणहरुले आफै विपत कोष स्थापना गरी समस्यमा परेकालाई सहयोग गर्न सक्रिया रहेको समेत पाईएको छ ।

भेरी नगरपालिका – १ मा बिहीबार वडा अध्यक्षको सक्रियातमा सर्वसाधाणहरुको वैठकले ७६ हजार ६ सय रुपैयाँ संकलन गरिएको छ ।





error: Content is protected !!