कोरोनाबाट बच्न सुरक्षाकर्मीले अपनाऔँ यस्तो सतर्कता

डाक्टरको सल्लाह डा पर्शुराम घिमिरे, जनरल फिजिसियन

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सबैले सामाजिक दूरी कायम गर्न आवश्यक छ । सुरक्षाकर्मी २४ घन्टा ड्युटीमा खट्ने गर्छन् । लकडाउन पालना गराउने क्रममा उनीहरूको सम्पर्क हरेक व्यक्तिसँग हुन्छ । तीमध्ये कतिपय कोरोना संक्रमित पनि हुन सक्ने जोखिम छ । यसर्थ, सुरक्षाकर्मीले विशेष सतर्कता अपनाउनुपर्छ । अब जानौँ सुरक्षाकर्मीले अपनाउन आवश्यक सावधानीबारे

सुरक्षाकर्मीले डाक्टरकोजस्तो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) नै लगाउनुपर्छ भन्ने छैन । सर्जिकल मास्क लगाएर संक्रमितबाट बच्न सकिन्छ ।

तपाईँहरू ड्युटीका क्रममा जहाँ हुनुहन्छ, त्यहाँ सामाजिक दूरी मेन्टेन गर्नुहोस् । कोही साथी संक्रमित छन् भने तुरुन्तै डाक्टरको सम्पर्कमा जानुपर्छ ।

लकडाउन चेक गर्ने क्रममा भेटिएका व्यक्तिहरूलाई अलि परै राखेर कुरा गर्न आवश्यक छ । यस्तो वेला मास्क अनिवार्य लगाउनुपर्छ।

यदि कोही सुरक्षाकर्मी अन्जानवश सम्भावित संक्रमितको सम्पर्कमा आएका उनीहरू पनि १४ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्छ । कोरोना देखियो भने उपचारमा लाग्ने र देखिएन भने पनि सेल्फ आइसोलेसनमा बस्नुपर्छ ।





error: Content is protected !!