५० , ६० जना तस्करको समूहसँग कसरी भिड्ने ः डीएफओ

प्रगति ढकाल
काठमाडौँ ः चैत १० मा कञ्चनपुरको पुनर्वास नगरका सुरेश तामाङ र विजय तामाङ लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरेको गरिरहेको अभियोगमा पक्राउ परे । मोटरसाइकलसहित दुवैजनालाई इलाका वन कार्यालय लालझाडीको टिमले पक्राउ गरेको हो ।
चैत १३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्र बेदकोट नगरपालिका– १० चम्फापुर क्षेत्रबाट निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले चारजनालाई रूख काटिरहेकै अवस्थामा पक्राउ ग‍रेको थियो ।

चैत १९ मा डिभिजन वन कार्यालय रौतहटको टोलीले ५० क्युफिटभन्दा बढी काठ र ३ जना काठ तस्करलाई पक्राउ गरेको ग¥यो । डिभिजन वन कार्यालय रौतहटको वन गस्ती टोलीले काठ काटिरहेको अवस्थामा बलरीखोर वन क्षेत्रबाट २ जनालाई पक्राउ गरेको थियो ।
चैत २० मा रौतहटकै जंगलसहिया वन क्षेत्रबाट ७ थान गोलियासहित एकजना पक्राउ परे । साढे २२ क्युफिट काठसहित उनलाई पक्राउ गरेको डिभिजन वन कार्यलय रौतहटले जानकारी दिएको छ । रौतहटकै रंगपुर साझेदारी वन क्षेत्रबाट पनि तस्करहरूले १७ क्युफिट काठ काठ चोरी भयो ।
कैलालीको भजनी नगरपालिका–३ कटानपुरमा रहेको वनदेवी सामुदायिक वनमा तस्करले काटेर राखेको अवस्थामा पाँच थान सालका गोलिया भेटिएका छन् । स्थानीयले चैत २० गते वन क्षेत्रमा सालका गोलिया भेटिएको बताएका छन् ।
धादिङको ज्वालामुखी –१ मैदीमा प्रहरीले चोरी निकासी हुन लागेका अवैध काठ बरामद भयो । चिरान गरेको ३७ थानको ६०।७३ क्युफिट तयारी सालको काठ गाडीमा राख्दै गरेको अवस्थामा गत बिहीबार बरामद गरिएको हो । ढल्पु सामुदायिक वन उपभोक्ता समितिमा काठ लोड गरिरहेको बा ४ ख १७२७ नम्बरको मिनी ट्रकसमेत प्रहरीले नियन्त्रणमा लियो ।
पछिल्ला दिनमा यसरी वन तस्करी निकै बढेको पाइएको छ । तस्करीका यस्तै घटनाहरू अरु पनि थुप्रै छन् । पछिल्लो समय विश्वभर पैmलिलिरहेको कोरोना भाइरसको संक्रमणसँगै सरकारले लकडाउन घोषणा ग¥यो । लकडाउनको मौका छोपेर वनमा भने तस्करहरू सलबलाइरहेका छन् ।
लकडाउनसँगै वन कर्मचारीहरू पनि फिल्डमा नगएको मौका छोपी वन तस्करी मौलाउन थालेको छ । तस्करहरूले भरुवा बन्दुक बोक्ने र ५०/६० जानाको समूह बनाएर समेत तस्कर गर्न आउने गरेको विभिन्न जिल्लाका डिभिजन वन कार्यलय प्रमुखहरूको भनाइ छ ।
रौतहटका डिभिजन वन प्रमुख विनोद सिंह लकडाउनमा अत्यावश्यक सेवामा नपरे पनि तस्करीका घटना मौलाउन थालेपछि आलोपालो फिल्ड निरीक्षण गर्न गइरहेको जानकारी गराए । “लकडाउनको छेकोमा चोरी शिकारी र तस्करीको बिगविगी छ, हामी पनि फिल्डमा घुमिरहेका छौं, तर ५०/६० जानाको तस्करीको समूह हुँदोरहेछ, कसरी लड्ने रु” उनले भने, “हामीसँग व्यवस्थित हात हतियार पनि छैन, प्रहरीलाई खवर गरेर तस्करीबाट वन बचाउन कोसिस गरिरहेका छांै, हामीलाई त वन बचाउन धेरै चुनौती छ ।”
पहलमानपुर कैलालीका डिभिजन वन प्रमुख कृष्ण दत्त भट्टलेले लकडाउनका कारण स्थानीयहरूले गाडी आवातजावत नहोस् भनेर बाटो ब्लक गर्ने तथा कुनै स्थानमा तस्करले नै ठूला काठका मुढा तस्र्याएर राख्दा स्वतन्त्र रूपमा गस्ती गर्न नपाएको गुनासो गरे ।
प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीवकुमार राईले पनि लकडाउनको मौका छोपेर तस्करी हुन थालेको बताए । “मोरङमा वन्यजन्तु शिकारका लागि आएका थिए, दोहोरो फायरिङ पनि भयो, तस्कर पक्राउ गरिएको छ,” उनले भने, “चोरी तस्करी नियन्त्रण गर्न नियमित गस्ती गर्ने छौ, सिडियो कार्यलयहरूसँग पनि समन्वय गरिरहेका छौ ।”
विगतमा भएको माओवादी युद्ध, जनआन्दोलन, चुनावको सयमा पनि तस्करीका घटना बढिरहेको स्मरण गराउँछन्, वन मन्त्रालयका सह–सचिव देवेशमणी त्रिपाठी । “तस्करको घटना मुलुकमा भएको संकटको अवस्था होस् या राजनीतिक परिवर्तनको समयमा होस् तस्करहरूले मौका छोपिहेका हुन्छन्, विगतमा पनि यस्ता घटनाहरू भइरहेका हुन्,” उनले भने, “समयमा नै ध्यान पु(याउन सकिएन भने, वन तस्करी अझै बढ्न सक्छ ।” कारोवार दैनिक





error: Content is protected !!