जुन देशमा एकजना पनि कोरोना संक्रमित छैनन् ?


विश्वमा कोरोना भाइरस (कोभिड १९को संक्रमितको संख्या करिब १३ लाख ६५ हजार पुगेको छ । करिब ७७ हजारको ज्यान गइसकेको छ । कोभिड १९ले विश्वका अधिकांश देशलाई पिरोलेको अवस्थमा मध्य एसियाको तुर्कमेनिस्तानमा भने सामान्य अवस्था झै क्याफे, रेष्टुरा खुलेका छन् । विवाह पार्टीहरु चलिरहेका छन् । त्यहाँको सरकारले संक्रमणको केसलाई लुकाएको हुन सक्ने आशंका पनि गरिएको छ ।

विश्वका अधिकांश देश कोरोना भाइरसको संक्रमणविरुद्ध युद्ध लडिरहँदा, विश्वको ठूलो जनसंख्या लकडाउनमा बन्द भइरहँदा, तुर्कमेनिस्तानले भने मंगलबार वल्र्ड हेल्थ डेको अवसरमा ठूलो साइकल ¥यालीको आयोजना ग¥यो । जहाँ कसैले मास्क समेत लगाएका थिएनन् । जसको नेतृत्व राष्ट्रपति आफैले गरेका थिए ।

मध्य एसियाको यो देशले अहिलेसम्म कोरोना भाइरसको शुन्य केश रहेको दावी गरिरहेको छ । अन्य देशका विज्ञहरुले भने यसलाई अझै मान्न तयार भएको देखिदैन । उनीहरुले सेन्सरसिपका लागि प्रख्यात रहेको त्यो देशको सरकारले दिएको तथ्यांकलाई विश्वास गर्न नसकिने बताउँदै आएको बीबीसीले समेत जनाएको छ ।

तुर्कमेनिस्तानको आधिकारी स्वास्थ्य तथ्यंकसँग अविश्वास व्यक्त गर्दछन्। लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्टिन म्याके । उनले त्यहाँको स्वास्थ्य सेवा प्रणालीको अध्ययन गरेकाले पनि त्यो दावी गरेको बताइन्छ । ‘गत दशक उनीहरुले आफ्नो नागरिकमा एचआइभी एड्स नभएको दावी गरेका छन् । यो आंकडा स्वीकार्य छैन । हामीलाई थाहा छ की, २०००को दशकतिर उनीहरले प्लेग लगायतका प्रकोपको शृखलालाई दबाएका थिए ।’ उनले भने ।

तथापि त्यहाँका अधिकारीहरु सम्भावित प्रकोपलाई रोक्ने तयारीमा भने जोटिरहेको देखिन्छ । उनीहरुले युएन एजेन्सीहरुसँग एक्सन प्लानका लागि छलफल गरिरहेका छन् । युएनकी आवासिय प्रतिनिधि इलेना पानोभाले जोखिमका विषयमा संचार, केस अनुसन्धान, प्रयोगशालाको व्यवस्थापन र अन्य उपायहरुको विषयमा छलफल गरेको बताइन् । उनले पनि तुर्केमिस्तानको कोभिड १९को प्ररिक्षणको विषयमा स्पष्ट उत्तर भने दिएकी छैनन । ‘विश्वास नगर्ने भन्ने कुनै कुरा छैन । सरकारले दिएको सुचनालाई नै विश्वास गर्ने हो ।’ उनले भनिन् ।

उसले बोर्डरहरु एक महिना अघि देखि नै बन्द गरेको छ । चीन र अन्य देशहरुसँग हवाई उडानमो फ्रेबेओरीदेखि नै प्रतिबन्द लगाएको थियो । अन्तर्राष्ट्रिय उडानलाइ राजधानीबाट नर्थइस्ट जोनमा डाइभर्ट गरिएको छ । जहाँ क्वारेन्टाइन क्षेत्र तयार गरिएको छ ।

विदेशबाट आएका र लक्षण देखिएका सबैलाई कोभिड १९ को परिक्षण गरिएको बताइएको छ । पानोभाले पनि कति जनालाई परिक्षण गरिएको छ भने निश्चित तथ्यांक भने दिइनन् । ‘सरकारी अधिकारीसँग छलफल गर्दा उनीहरुले प्रयाप्त टेष्ट गरेको पाइन्छ । ’के कोरोना भाइसविरुद्ध लड्न उसको स्वास्थय प्रणाली सक्षम छ त रु भनेर प्रश्न समेत उठाइएको छ ।

पानोभा भन्छिन्, ‘हामीलाई थाहा छैन । उनीहरुको तत्परताबाट हामी विश्वस्त छौं । सामाग्री युक्त अस्पतालहरु छन् । अरु देशलाई हेर्दा पनि यसले स्वास्थ्य प्रणालीमा ठूलो दबाब सिर्जना गर्ने छ । त्यसमा तपाई कति तयार हुनुहुन्छ भन्ने विषयमा जहिले पनि अपर्याप्त नै हुन्छ । भेन्टिलेटरहरु र अन्य प्रकारका उपकरणहर खरिद गर्ने बारेमा पनि कुरा गरिसक्यौं ।’

जनतामा प्रकोपको बारे केहि जागरुकता रहेका देखिन्छ । शहरको बीचमा आन्दोलन प्रतिबन्धित गरिएको छ र केहि क्षेत्रमा प्रवेश गर्नडाक्टरको नोट हुनुपर्ने प्रावधान बनाइएको छ ।

यहाँ हर्वल उपचारमा प्रयोग हुने एक प्रकारको घासको धुँवा बजार र कार्यालयमा उडाउन थालिएको छ । राष्ट्रपतिले कुनै प्रमाण नभए पनि यसलाई जलाउनु भाइरसबाट अलग हुने दावी गरेका छन् ।

तर यतिबेला संसारका धेरै देशको भन्दा फरक रुपमा तुर्कमेनिस्ताको दैनिक जीवन चलिरहेको छ । अर्थात यहाँ सामान्य अवस्था छ । क्याफे रेष्टुँरा खुलेका छन् । विवाह समारोहका लागि भिड जम्मा भएकै छ । कसैले पनि मास्क लगाउदैनन् र सामुहिक गतिविधिहरु भैरहेका छन् । यस्तो प्रतीत भइरहेको छ कि देश कोरोना भाइरसद्वारा उत्पन्न प्रकोपको खतरा स्वीकार गर्न अस्विकार गरिहेको छ । विश्व स्वास्थ्य दिवसका दिनमा भएको ठूलो साइकल ¥यालीको प्रमुख आकर्षणको व्यक्ति स्वय राष्ट्रपति बर्डीमुखिमोदव नै थिए । स्वस्थताको छवी उनको व्यक्तित्वको हिस्सा बनेको छ । देशको टिभीहरुले नियमित रुपमा उनले जिममा फलाम उचालेको, साइक्लिङ गरेको देखाइरहेका हुन्छन् । उनी स्वास्थ्य र खुसीयाली अभियानको मुख्य अभियानकर्ता हुन् ।

कर्मचारीले समानकालको पोशाक लगाएर विहानको अभ्यास गरिहेका हुन्छन् । यसको मुख्य सन्देश भनेको देश स्वस्थ छ र खुसी छ भन्ने हो । बर्डीमुखिमोदभले आफ्नो राष्ट्रपतिकालको घोषण खुसीको युगका रुपमा गरे । कोभिड १९ को प्रकोपले उनको सन्देश उजागर गर्ने केहि आलोचकहरुले गरेका छन् । यो कारणले पनि सरकारले कोभिड १९का संक्रमितलाई लुकाउन खोज्न सक्ने आशंका समेत गरिएको छ । प्रोफेसर मेक्की त्यस्तै चिन्ता गर्दछन् । ‘हामीले देख्यौ की कोभिड १९को संक्रमण चीनबाट दु्रत गतिमा संसारभरी फैलियो । यस्तो विश्वव्यापी अर्थतन्त्रमा हामी अहिले बाँचिरहको छौं । प्रत्येक देश विश्वको सबैभन्दा कमजोर देश जतिकै सुरक्षित छन्, उनले भने ।

अन्य देशहरुले महामारीलाइ न्यित्रन्ण्मा लिन सफल भए पनि अन्य देशहरुबोट लगातार संक्रमण्को विउ आउन जोखिम छ । यसमा उनीहरु असफल हुभएका छने । तुर्कमेनिस्तान यसको राम्रो उदाहरण हुन सक्छ । (एजेन्सीहरुको सहयोगमा)





error: Content is protected !!