नेपाली कांग्रेस डोल्पाका सचिव जयसलाई मेरो जवाफ

आईतबार पत्रकार रुपक कुलालले त्रिपुरासञ्चार डट कममा सांसद बुढाले ‘काठमाडौँमा भोकभोकै अलपत्र परेका डोल्पालीलाई राहत वितरण ’भन्ने शीर्षकमा समाचार लेखे । सोही समाचार भोली पल्ट डोल्पाका राससकर्मी रामचन्द्र न्यौपानेले डोल्पाबाट पुर्व पर्यटन राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य धनबहादुर बुढालाई उदृत गदै समाचार लेखे । समाचारको आशय थियो ‘राज्यमन्त्री धनबहादुर बुढाले लक डाउनमा परी डोल्पा आउन नसकेका सर्वसाधारणहरुलाई राहत वितरण ’ ।

राससको शीर्षक ‘भोकाएका डोल्पालीलाई सांसदको सहयोग’ अरु मिडियाको शीर्षक थियो ‘ काठमाडौँमा भोकभोकै अलपत्र परेका डोल्पालीलाई राहत वितरण ’ आखिर जसले जे लेखेपनि भन्न खोजेको दुवै कुरा एउटै थियोे सर्वसाधारणले राहत पाए , भोकै बस्नु परेन ।

भोका डोल्पालीलाई सांसदको सहयोग भन्ने समाचार राससको ग्राहक भएका देशै भरीका अनलाईनमा प्रकाशित भयो । नेपाली कांग्रेस डोल्पाका सचिव जयश उपाध्यायले आफ्नै घर त्रिपुराकोट बसेर ‘राससका पत्रकार हेमन्त केसीले डोल्पालीको समाचार लेखेर अपमान गरे ’ भन्दै बुरुक्क उफ्रिएर समाचार सहित सामाजिक सञ्जजाल फेसवुकमा ‘समाचारको लिङ्क’ सहित पोस्ट गरे ।

मेरो फेसवुकमा उनी साथी भएकाले मैले उनलाई त्यो समाचार मैले लेखेको होईन भन्दै गर्दा कसले लेखेको हो भनि प्रश्न गरे । मैले राससको समाचार हो भनेर उनीलाई बुझाए तर उनीले राससको समाचार अरु मिडियामा कसरी आयो भनेर प्रश्न गरे । मैले राससको विषयमा थाहा पाएजती सवै जानकारी दिए ।

जानकारी पाएपनि उनीले फेरी अन्य अनलाईनले राससको समाचार कसरी लिन्छन् भने ? मैले राससको समाचार प्रयोग गर्ने विधि थाहा पाएजती जानकारी दिए । मैले धेरै प्रयास गर्दा पनि उनको खास समाचारप्रतिको आक्रोष भन्दा पनि पुर्वराज्यमन्त्री धनबहादुर बुढाले काठमाडौँमा वितरण गरेको राहत प्रति निकै आक्रोष भएको थाहा पाए ।

मैले तपाई अहिले कहाँ हुनुहुन्छ ? भनि सोध्दा उनीले यो लेख्दै लेख्दै गर्दा डोल्पाको त्रिपुरोकोट बसेर फेसवुकमा शव्दमा खेती गदै गरेको थाहा भयो । उनीलाई कुनै चाँसो थिएन कि डोल्पाका सर्वसाधारण को, कहाँ अलपत्र परे वा , भोकभोकै बस्न बाध्य छन् ?

मैले बुझे अनुसार राससको विषयमा थोरै पनि जानकारी उनीसँग छैन । राससको विषमा जानकारी भई जसरी मलाई सिधै सामाजिक सञ्जालमा झम्टिने उपाध्याय खास नौलो नेता होईनन् , पदिय मर्यादायमा रहेका नेतालाई मिडिया आफु अनुसार चलोस भन्ने हुन्छ । तर उनलाई आफु कुन पदमा छु र कसरी कमेन्ट गर्दा होला भन्ने वेहोसी कसरी भए उनै जानुन । उनी भन्छन् राजिव विक्रम शाहका समाचार किन आउदैन त ? मैले भने राजिवविक्रम शाहले ल्याउने वेडको समाचार लेख्ने पहिलो पत्रकार मै थिए ।

उनी नेपाली कांग्रेस डोल्पाका सचिव मात्र होईन , एक आशा लाग्दा यूवा पनि हुन् । समाचारको भाव र अर्थ नबुझी त्यो पनि अरुले वितरण गरेको राहतको समाचारमा उनको मनभित्र उत्पन्न भएको आक्रोषको ज्वाला प्रकट भएको पीडा सजिलै देखिन्छ ।

उनीले एक दिन वनमन्त्री शक्तिबहादुर बस्नेतलाई जोडेर आक्रोष समेत पोखेका थिए । डोल्पामा आगलागी भयो वन मन्त्री खै , आहा क्य गजव , डोल्पामा आगो लागेपछि काठमाडौँको सिंहदरवारबाट वनमन्त्री डोल्पा गएर आगो निभाउनु पर्ने रहेछ ? उनी त्यहाँको सर्वसाधारण अर्थात नेताले आफ्नो भूमिमा आगो लाग्दै गर्दा मन्त्री सम्झिने कि निभाउने ? खास मुख्य दायित्व कस्को हो ?

यस्ता कुरा लेख्दै उपाध्ययले मलाई आफ्ना कुरा राख्दै आएका थिए । मैले उनीलाई केही भन्नु छ भने सिधै मन्त्रीज्यूलाई भन्नुहोला मलाई के थाहा भयो र ? भनि जवाफ पनि थिएको थिए । उनीले त्यसमा अझै थपेका थिए , कम्यूनिष्ट पार्टीका कार्यक्रता तर्कमा यती कम्जोर किन हुन्छन् आजभोली सम्म भनेका थिए ।

उनीले भनेझै म कम्यूनिष्ट पार्टीको सदस्य थिए , न त उनीसँग तर्क गरेर केही नै पाउनु थियो ? उनीको ४ वर्ष अघि सडक उद्घाटन गर्दा डोल्पाको खदाङमा थोरै भाषण सुनेको थिए , सो भाषणमा समेत खास डोल्पाको विकास र संमृद्धीमा बोलेको जस्तो लागेको थिएन ।

डोल्पामा निकै कम्जोर अवस्थामा रहेको नेपाली कांग्रेसका आशा लाग्दा अर्थात पार्टीलाई उभो लगाउने सचिव जस्तो गरिमामय पदमा रहेका यूवाको यस्तो वुझाईले के अर्थ राख्दा ?
यो लेख्दै गर्दा सम्म उनी डोल्पाको त्रिपुराकोटमा रहेको बताएका छन् , उनी जिम्मेवार पाटीको सचिव पनि हुँन् । तर अहिले सम्म उनले डोल्पावासीहरु कुन जिल्लामा कति जना सर्वसाधारण समस्यमा परेका छन् भनि सामाजिक सञ्जालमा चाँसो देखाएको कत्तै देखिएन ।

एउटा यूवा नेता भएर समाचार सञ्जालमा जसरी कमेन्ट गर्नुभयो , त्यसरी नि उनले समस्य , पीडामा परेका आमनागरिकको बारेमा चाँसो लिएको भए हामी पनि तालि पिट्थ्यौँ ?

नत्र आक्रोषको ज्वाला मन भित्र दन्काउदैमा खाना कहाँ पाग्छ र भन्न बाहेक अरु सकिएन । भोकाउनु अर्थात भोका हुँनु कुरो एउटै हो । देशै भरीका समस्यमा परेका सर्वसाधारणहरु अहिले छाक टर्न मुस्किल भएर सरकारले भोक मेटाउने काम गदै छ । भोक मेटाउने र सवै परिकार मिलाएर खानु पनि फरक छ । अहिले आम नागरिक समस्यमा छन् , थोरै सहयोग गरेमा पनि यो विपतीमा ठुलो लाग्ने गरेको छ ।

हेमन्त केसी नेपालपोष्ट खवर डट कम




सम्बन्धित समाचार


error: Content is protected !!