ठुलिभेरी नपाले कोरोना विरुद्ध भएभरको क्षमता प्रर्दशन गर्छ

नन्दा शाही

 डोल्पा ः अभावै ,अभावका बीचमा भएका सम्भावनालाई उच्चतह प्रयोग गदै डोल्पाको ठुलिभेरी नगरपालिकाले कोरोना विरुद्धकोअ अभियान जारी राखेको छ ।

क्वारोन्टाईन निर्माण गरी जिल्लामै पहिलो पटक आयतित स्थानीयवासीलाई राख्दै उच्च व्यवस्थापन गरेको ठुलिभेरी नगरपालिकाले अहिले पुर्ण सवैलाई पुग्ने गरी औषधी लगाएत अन्य सामग्री ल्याएर काम सुरु गरिएको नगरपालिकाकी सूचना अधिकारी दिलु केसीले जानकारी दिनुभयो ।

 
११ वटा वडा भएको ठुलिभेरी नगरपालिका डोल्पाको सदरमुकामको भार समेत थाम्दै आएको छ । दुई दर्जन भन्दा बढी मानिसहरुलाई अहिले क्वारेन्टाईनमा राखेको नगरपालिकाले अहिले व्यवस्थापको पाटोलाई उच्च प्राथमिकताका साथ अंगालेको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । भर्खरै मात्र नगरप्रमुख गणेशबहादुर शाहीले जिल्लामा आवश्यक औषधी र अन्य सामग्री लिएर आएसँगै काम गर्न थप हौसला मिलेको स्वास्थ्यकर्मीले बताएका छन् ।

नगरभित्र खाद्यान्न अभाव हुँन नदिन उच्च सार्तकता अपनाई निजी क्षेत्रसँग समेत साझेदारी बढाएको नगरप्रमुख शाहीको भनाई छ । औषधी अभाव भए तुरुन्तै हवाई मार्गबाट समेत ल्याउने व्यवस्थापन गरिएको उहाँको भनाई छ । नगरवासीलाइ कुनै खालको समस्य हुँन नदिने भन्दै नगरप्रमुख शाहीले भन्नुभयो , “ गाउँ घरको सिंहदरवार भनेको के हो बल्ल सर्वसाधारणले अर्थ वुझदै छन् , हामी विरुद्ध हुँने गरेका प्रचारयूद्धबाट प्रति हामी समेत छौँ ।”

जिल्लाको मुटुको रुपमा स्थापित ठुलिभेरी नगरपालिका जिल्लाको संमृद्धी र विकासको मुल भुमि रहेको छ । जनताको जीवनस्तर संमृद्ध नभई हामी संमृद्ध नहुँने भएकाले हाम्रो पहिलो ध्यान जनताको जीवनस्तर र संविधानप्रद्ध अधिकार स्थापित गर्नुहो । काम गरेर देखाउने हो , हल्लाको भरमा संसार जित्न सकिदैन् उहाँले थप्नुभयो ।





error: Content is protected !!