जुनिचाँदे गाउँपालिकाद्धारा खाद्यान्न वितरण

रेशमबहादुर खड्का
जाजरकोट, जुनिचाँदे गाउँपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बिभिन्न देश बाट आएका नागरिकलाइ खाद्यान्न समामाग्री हस्तान्तरण गरिएको छ ।
४३ जना लाइ होम क्वारेन्टाइनमा तथा क्वारेन्टाइनमा बसालिएको छ । सरकारको निर्णय अनुसार गाउँपालिकाले भारत, मलेसिया,कतार लगाएत अन्य देश बाट भित्रियका ४३ जनालाइ क्वारेन्टाइनमा राखिएको गाउँपालिका उपाध्यक्ष शिवा आर्चायले जानकारी दिनुभयो ।

गाउँपालिकामा छिमेकी देश बाट आएका सर्वसाधारणलाइ राहत स्वरुप सामग्री बितरण गरिएको छ । गाउँपालिका वडा नं २ देसिबाटामा ६ , ३ रानिचौर १० ,वडा नं ५मा २ , वडा नं ७ मा १ , वडा नं ८ मा १ , वडा न ९ मा १७ र वडा न ११ मा ५ जना लाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिका भित्रने बिभिन्न सिमा नाँकाहरुमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी कोरोना भाइरस बाट बच्नको लागि स्वास्थ्यकर्मी परिचालन गरेको जुनिचाँदे गाउँपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा स्वास्थ्य संयोजक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

गाउँपालिका ४ ओेटा स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी १२ जना स्वास्थ्यकर्मीलाइ परिचालन गरेको उहाँको भनाइ छ । गाउँपालिमा पीपीइ सामग्रीको अभावले स्वास्थ्यकर्मी असुरक्षित सेवा दिन बाध्य भएको संयोजक शाहीको भनाइ छ ।
काग्रेस जुनिचाँदेले १ हजार साबुन
नेपाली काग्रेस जुनिचाँदेले १ हजार थान सावुन हस्तान्तरण गरेको छ । शुक्रवार गाउँपालिका वडा न ११ मा वडा कमिटिले साबुन बितरण गरेको हो । बिश्व व्यापि फैलिएको कोरोना भाइरस लाई लक्षित गरी काग्रेस वडा कमिटि कोर्ताङ्गले साबुन बितरण गरेको छ ।

वडामा रहेकासर्वसाधारणलाई सरसफाइमा ध्यान दिनको लागि १ हजार थान स्वास्थ्य चौकी कोर्ताङ्गलाइ साबुन बितरण गरेको नेपाली काग्रेस वडा कमिटिले जनाएको छ ।





error: Content is protected !!