६ बेडको क्वारेन्टाइन निर्माण

प्रचण्ड खत्री
रुकुम पश्चिम ः बाफिकोट गाउँपालिका २ ले जनकल्याण माविमा ६ बेडको क्वारेन्टाइन बनाएको निर्माण गरेको छ । भारत तथा अन्य तेस्रो मुलुकबाट आउनेहरुलाई राख्नका लागि क्वारेन्टाइन बनाइएको वडा अध्यक्ष धन बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
केही समय अघि भारतका विभिन्न ठाउँबाट सर्वसाधारणहरु आएपनि पछिल्लो समय भने भने कोही नआएको उहाँको भनाई छ । तेस्रो मुलुकबाट आएका ब्यक्ति होम क्वारेन्टाइन नबसेको पाइएमा प्रहरी चौकी र वडा कार्यालय कारबाही गर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।
यस अघि सवै मुलुकबाट आएका स्थानीयवासीलाई पनि विद्यालयको क्वारेन्टाइनमा नबसेपनि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको कार्यपालिका सदस्य मनबहादुर वादीले जानकारी दिनुभयो । वडामा कोरोना भाइरस विरुद्धका विभिन्न जनचेतनामूलक कार्यक्रमहरु भइरहेको वादीले बताउनुभयो ।
बाफिकोट गाउँपालिकाले भने ल्याप भबनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । गाउँपालिकाले विदेशी मुलुकबाट आएका सर्वसाधारणहरूको नामावली संकलन गरी कोभिड १९ को लक्षण देखा परेमा होम क्वारेन्टाइन तथा नजिकमा रहेको क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अपिल गरेको छ । बिरामी चाप बढ्दै गएमा सबै विद्यालयलाई क्वारेन्टाइन रुपमा प्रयोग गर्ने गाउँपालिका अध्यक्ष धर्म बहादुर के सीले बताउनुभयो । ।








