फोक्सुण्डो गाउँपालिकामा हेलिकोप्टबाट औषधी ढुवानी

 डोल्पा ः यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकोप्टरबाट औषधी ढुवानी गर्न लागिएको छ । जिल्लाको शे–फोक्सुण्डो गाँउपालिकाले काठमाडाँैबाट हेलिकोप्टर चार्टर गरी गाँउपालिमा औषधि र केही उपकरणहरु लगेको हो ।
बिहिबार बिहानै करिब ४ लाख हाराहारीको औषधी हेलीकोप्टरबाट शे–फोक्सुण्डो गाँउपालिकाको प्रशासकीय केन्द्र साल्दाङ पुर्याइएको स्वास्थ्य ईन्चार्ज एचए निमादार्के गूरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाँउपालिकाले माक्स,सेनेटाइजर,साबुन,क्वाराईटाईन निर्माणको लागि ब्लाङकेट,लगायत स्वास्थ्यचौकिका लागि चाहिने अन्य औषधि र अक्सीजन कन्सनटेटर गरी ३ क्वीन्टल भन्दा धेरै औषधि र उपकरण गाँउपालिकाको केन्द्रमा पुर्याएको छ ।


गाँउपालिकाले रु ७ लाख पच्चिस हजारमा हेलीकोप्टर चार्टर गरेर स्थानीयको लागि कोरोना भाइरसबाट बच्न पूर्व तयारीका लागि औषधि र सामग्री लगेको गाउँपालिका अध्यक्ष टासिटुण्डुप गूरुङले जानकारी दिनुभयो ।
भौगोलिक रुपमा सबैभन्दा ठुलो गाँउपालिकाको रुपमा शे–फोक्सुण्डो गाँउपालिका पर्दछ । भुगोलमा ठुलो र चिनको तिब्बतसँग सिमा जोडिएको जिल्ला भएको कारण पनि नागरिक सचेत गराउनका लागि पूर्व तयारीका लागि हेलिकोप्टरबाटै औषधि र सामाग्रीहरु लगेको गाँउपालिका अध्यक्ष गूरुङले दावी गनुभयोे ।
यति बेला चिनको तिब्बतरितको नाका हिउले बन्द गरेपछि तिब्बतबाट भन्दा पनि शहरबाट आउने मानिसहरुबाट खतरा बढि रहेकोले तत्तकाल क्वारेन्टिन निर्माण गर्ने र नागरिकलाइ सचेत गराउने अत्याबश्यक रहेकोले आफुहरु लागि परि रहेको स्वास्थ्य ईन्चार्ज निमादार्के गूरुङले जानकारी दिनुभयो ।
माथिल्लो डोल्पा यतिबेला हिउले सेताम्मे भएकोले तिब्बतको नाका प्राकृतिक रुपमा बन्द रहेको र तल्लो डोल्पाबाट मानिसहरु सहजै जान नसक्ने भएकोले पनि तत्काल कुनै खतरा नरहेको गाँउपालिकाको दाबी छ । तर उनिहरु भन्छन हामी निरन्तर लागी रहेका छौ अध्यक्ष टासिटुण्डुप गूरुङले बताउनुभयो । तस्वीर पनि छ ।





error: Content is protected !!