के गर्मी लागेसँगै कोरोना कम हुन्छ ?

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण अहिले विश्वभरका २०२ भन्दा बढी मुलुकमा फैलिएर करिब ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाभाइरसको उपचार पद्धतीको खोजीमा विश्वभरका वैज्ञानिकहरु जुटिरहेका छन् ।

कोभिड १९ विरुद्धको खोप विकासमा विभिन्‍न ट्रायलहरु भइरहे पनि सफलता भने मिलिसकेको छैन । यसको नियन्त्रणको प्रयासस्वरुप विश्वका अधिकांश मुलुक अहिले घेराबन्दीमा छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको यो भाइरसको संक्रमणको अन्त्य कहिले हुन्छ भन्‍ने प्रश्‍नको जवाफ खोजिरहेका छन् । अन्य विभिन्‍न भाइरल फ्लुहरु गर्मीसँगै कम हुँदै जाने र चिसोमा संक्रमण बढ्ने भएकोले यो भाइरसको संक्रमण पनि गर्मीमा कम हुन्छ भन्‍ने विभिन्‍न तर्क गरिएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत गर्मी लागेसँगै कोरोना आश्‍चार्यजनक तरिकाले संक्रमण हराएर जाने बताएका थिए । तर, अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्व निर्देशक डा। टोम फ्राइडेनले भने, गर्मी सुरु भएसँगै संक्रमण घट्‍ने अथवा हराउनका लागि यो भाइरस मौसमजस्तो होइन ।

ूहामीले मौसम परिवर्तन भएसँगै संक्रमण अन्त्य हुने अपेक्षा गरेका छैनौं । यदि अमेरिकाले सजगताका साथ राम्रो कामहरु र सकारात्मक बाटोमा अघि बढ्दै गएपछि विस्तारै खुल्दै जाने उनले बताए ।

ूविश्वभरका अन्य मुलुकहरुलाई हेर्नुस् । उनीहरुले कोरोना संक्रमणलाई नियन्त्रणमा लिएका छन् र सामान्य अवस्थामा फर्किएका छन् तर, पूर्ण निर्मुल भने सकेको छैन, उनले भने, यसको अर्थ ६० वर्षभन्दा माथि उमेरका मानिसहरु र स्वास्थ्य समस्या व्यक्तिहरु घरबाहिर निस्किनु हुँदैन । पूर्व सावधानीका सबै नियमहरु पालना गर्नुपर्छ ।

चीनको वुहानमा कोरोना सुरु हुँदा त्यहाँ करिब ७ डिग्री तापक्रम थियो भने अहिले कतार र दक्षिण अफ्रिकी मुलुकहरुमा ३० डिग्रीभन्दा माथि तापक्रम हुँदा पनि कोरोना संक्रमण फैलिरहेको छ । त्यसकारण गर्मीमा कोरोना हुँदैन भन्‍ने मान्यतालाई सत्य मान्‍न सकिने आधार छैनन् ।

अहिले चीन, दक्षिण कोरिया र सिंगापुरमा कोरोना संक्रमणको अवस्था नियन्त्रणतर्फ छ भने एसियाली अन्य मुलुकमा भने बढ्दो अवस्थामा छ । चीनले अहिले लक्षण नदेखिएका संक्रमितहरुको खोजी गरिरहेको छ । दक्षिण कोरियाले पनि बृहत परीक्षण र उच्चतम प्रविधिको प्रयोगमार्फ कोरोना नियन्त्रणको पहल गरेको हो । सीएनएन





error: Content is protected !!