मुख्यमन्त्री आफै पुगे उपकरण र औषधि लिएर डोल्पा दुईजनाको स्वाप सुर्खेत लगियो


डोल्पा ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री आफै औषधि र उपकरण लिएर डोल्पा पुगेका छन । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक बिकास मन्त्री दल रावल आफै उपकरण लिएर डोल्पा पुगेका हुन ।


नेपाली सेनाको हेलिकप्टर मार्फत डोल्पा स्वास्थ्य सेवा कार्यालयमा सबै भन्दा पहिला उपकरण र औषधि पूर्याइएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक बिकास मन्त्री दल रावल आफै डोल्पा स्वास्थ्य सेवा पुगेर औषधि र उपकरण हस्तान्त्रण गरेका गनुभएको छ ।

हेलिकप्टरबाट सर्जिकल मास्क २ हजार, पीपीई ६० थान,लुज ग्लोबस एकहजार एन , नाइन्टी मास्क २५थान, पारा सिटामोल ५ हजार टयाब्लेटस,सर्जिकल मास्क २ हजार थान, गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान,सेनिटाइजर दुई ,क्यानुला २४ नम्बरकोे २१ थान ,२२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस आएको स्वास्थ्य सेवा कार्यालय आएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी देबबहादुर बिसीले जानकारी दिनुभयो ।


आइशोलसनमा राखिएका दुईजना बिरामीको स्वाप परीक्षणको लागि सुर्खेत लगिएको छ । बिरामी सामान्य भएकाले नआत्तिन भन्दै परिक्षणको लागि नमुना सुर्खेत लगिएको हो ।

करिब एक घण्टा स्वास्थ्य सेवा कार्यालय स्वास्थ्यकर्मी ,जनप्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिएको थियो । मुख्यमन्त्री शाही र सामाजिक बिकास मन्त्री रावले अस्पतालको निरीक्षण गर्नुका साथै तत्काल ब्यवस्थापन पक्षलाई प्रभाबकारी बनाउन सबैलाइ निर्देशन समेत दिइएको छ ।


सोमबार आइशोलसनमा राखिएका बिरामीहरुलाइ भेटेका मुख्यमन्त्री र सामाजिक बिकास मन्त्रीले लाजमर्दो आईसोलेशन भएकोले तत्काल बाहिर घर भाडामा लिएर भरपर्दो बनाउनुका साथै कम्तीमा पनि ३० सैयाको आइशोलेसन निर्माण गर्न निर्देशन दिईएको छ ।

उपकरण र औषधी हस्तान्त्रण गर्दै मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीले काम गर्ने बेला हो पैसा छैन भनेर टार्न पाइदैन प्रदेश सरकारले चाहिने पैसा प्रशासन कार्यालय र स्वास्थ्य सेवा कार्यालयमा पठाएको छ , खर्च गर्नुस नपुगे सरकारले दिन्छ भन्दै मुख्यमन्त्री शाही निर्देशन दिनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो , “ जनप्रतिनिधि कुन दुलामा छन् भोट माग्दा मात्रै निस्कने कि बिपतको बेलामा पनि जनताको काममा लाग्ने भन्दै जनप्रतिनिधिले सबैभन्दा धेरै काम गर्नुपर्ने छ । ” त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा लगायतले जिल्लाको अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो ।





error: Content is protected !!